CG Electronics
IME Life
NIMB

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

NIMB
Himalayan Bank

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक गरेको छ। कम्पनीले रेसिङ प्रविधि र आधुनिक सुविधासहितको यो मोटरसाइकल नेपालमा उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० फोरभीमा सेग्मेन्टमै पहिलोपटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम अपसाइड–डाउन (यूएसडी) सस्पेन्सन तथा ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टर जस्ता विशेष सुविधा समावेश गरिएको छ। १५९.७ सीसी क्षमताको इन्जिनयुक्त यो मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस शक्ति उत्पादन गर्ने क्षमता राख्छ।

मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड, ५–स्पिड गियरबक्स, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा ड्युअल–च्यानल एबीएस जस्ता सुरक्षा र प्रदर्शनसम्बन्धी सुविधा उपलब्ध छन्।

सतुंगल, काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका प्रभावकर्ता तथा बाइक पारखीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूका लागि विशेष राइडिङ सत्र र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेयमान कार्गारले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नयाँ अपाचे आरटीआर १६० फोरभी युवा तथा उच्च प्रदर्शन रुचाउने राइडरहरूलाई लक्षित गरी ल्याइएको बताए।

नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ मोडलले प्रदर्शन, शैली र प्रविधिलाई प्राथमिकता दिने युवा पुस्तामाझ थप लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरे।

नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी हाल नेपालका छनोट गरिएका डिलरशिपहरूमा उपलब्ध रहेको छ भने जुलाई २०२६ सम्म देशभरका बिक्री केन्द्रहरूमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध छ। यसको एक्स–शोरूम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...