Dish Media Network
global ime bank
machapuchhare  bank

क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहका बीच अनावरण गरिएको छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले अनावशरण गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवागत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । आज श्रीपञ्चमीकै अवसर पारेर अस्पतालले ६६ औं बार्षिकोत्सव मनाएको हो ।

 

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ वडाका अध्यक्ष नविन मानन्धरले शहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गरे । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा धेरै स्मरणयोग्य कामहरु भएको चर्चा गर्दै माऊ बद्री भवन तयार हुदै गरेको र थप बीर गणेशमान सिंह भवन समेत बनाउने प्रस्ताव अघि बढेको बताए । प्रविधिमैत्री अत्याधुनिक भेन्टिलेटरसहितको नयाँ अस्पताल बन्दै गएको र काठमाडौं महानगरपालिकालगायतका सबै निकायहरुबाट राम्रो सहयोग प्राप्त भइरहेकोमा धन्यवाद ज्ञापन गरे ।

 

हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेकोमा नयाँ अत्याधुनिक माऊ बद्री भवन निर्माण भइरहेको छ । आर्थिक रुपमा सम्पन्न तथा हुनेखानेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा, दन्त सेवा तथा अन्य सम्पूर्ण उपचार सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालको आफ्नै दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।

 

सालिक अनावरण कार्यक्रममा स्व. बद्री मालिका आफन्तहरु तथा अन्य संस्थापकहरुका आफन्तहरुको समेत उपस्थिति रहेको थियो । यसैबीच, आजै विहान क्षत्रपाटी निःशुल्क चिकित्सालयका २१ जना संस्थापकहरु स्व. बद्रीमान माली, स्व. हर्ष बहादुर माली, स्व. महाबिर माली, स्व. बद्रीमान मानन्धर, स्व. हर्ष नारायण महर्जन, बद्री नारायण मानन्धर, स्व. तुलसी नारायण मानन्धर, स्व. रामहरि कृष्ण मानन्धर, स्व. हेमदेव मानन्धर, स्व. शम्भूलाल मानन्धर, स्व. सुरेन्द्र बहादुर पाँडे, स्व. इन्द्रमान मानन्धर, स्व. मुकुन्दराज जोशी, स्व. मोतिमान श्रेष्ठ, स्व. नाती पोडे, स्व. हरिहरराज लोहनी, स्व. मान बहादुर श्रेष्ठ, स्व. बहादुर कृष्ण मानन्धर, स्व. सिद्धिलाल श्रेष्ठ, स्व. गणेश प्रसाद रेग्मी र बान्तवाको तस्विरमा माल्यार्पण गरिएको थियो ।

 

 

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...