CG Electronics
IME Life
NIMB

२३ अर्ब ५४ करोड २४ लाख चुक्ता पुँजी भएको प्रभु बैंकको ढुकुटीको चाबी अशोक शेरचनको खल्तीमा

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु बैंकलाई आठ वर्ष नेतृत्व गरिसकेका अशोक शेरचन पुन: चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्।

बिहीबार बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षको लागि नियुक्त गरेको हो। उनी २०७५ माघ १८ मा बैंकको सीईओ नियुक्त भएका थिए। हालै सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन्।

उनकै नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो।
२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो।

सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले छाडेपछि कार्यवाहक सीईओको जिम्मेवारी अशोकले पाएका थिए। त्यही वर्ष माघ २९ मा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो। त्यति मात्रै होइन प्रभुले खारेजीमा गएको नेपाल विकास बैंकलाई प्राप्ति गरेको थियो। त्यसयता लगातार अशोक प्रभु बैंकको सीईओ छन्।

सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ। मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...