Dish Media Network
global ime bank
machapuchhare  bank

२० वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घट्यो, कुन बैंकको अबस्था कस्तो ?

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा १९ रुपैयाँ ८० पैसा रहेको थियो । चालु आवको पुस मसान्तसम्ममा यो रकम ०.९७ प्रतिशतले बढेर १९ रुपैयाँ ९९ पैसा पुगेको छ । २० वटा वाणिज्य बैंकमा कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । ११ बैंकको भने बढेको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी घटेका बैंकमा ग्लोबल आइएमई, सिटिजन्स बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।

चालु आवको ६ महिनामा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी ४.३२ प्रतिशतले घटेर १८ रुपैयाँ ०७ पैसा रहेको छ । सिटिजन्स बैंकको ०.३८ प्रतिशतले घटेर १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको ०.९६ प्रतिशतले घटेर १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको ८.५९ प्रतिशतले घटेर १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको ३.७४ प्रतिशतले घटेर १५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै सनराइज बैंकको १.८१ प्रतिशतले घटेर १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको ९.६७ प्रतिशतले घटेर १० रुपैयाँ १९ पैसा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ रुपैयाँ १३ पैसा रहेको छ । बाँकी बैंकको प्रतिसेयर आम्दानी बढेको छ ।

कुन बैंकको बढी, कुनको कम ?

पुस मसान्तसम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी हाल ५६ रुपैयाँ ७७ पैसा रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी गत आवको तुलनामा चालु आवमा १५.३४ प्रतिशतले बढेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी हुने बैंकमा प्रभु बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी १३.६९ प्रतिशतले बढेर ३७ रुपैयाँ १९ पैसा रहेको छ । २० देखि ३० रुपैयाँको बिचमा प्रतिसेयर आम्दानी गर्ने बैंकमा ५ वटा बैंक रहेका छन् । एभरेष्ट बैंकको २९ रुपैयाँ ६९ पैसा, नबिल बैंकको २५ रुपैयाँ ३३ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ९६ पैसा, एनएमबि बैंकको २० रुपैयाँ ७० पैसा र सानिमा बैंकको २० रुपैयाँ ६९ पैसा रहेको छ । यता १२ वटा बैंकको भने २० रुपैयाा भन्दा कम रहेको छ ।

जसमा माछापुच्छे« बैंकको १९ रुपैयाँ ९९ पैसा, लक्ष्मी बैंकको १८ रुपैयाँ ६५ पैसा, ग्लोबल आइएमई बैंकको १८ रुपैयाँ ०७ पैसा, सिटिजन्स बैंकको १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको १५ रुपैयाँ ९३ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५ रुपैयाँ ६१ पैसा रहेको छ ।

सिभिल बैंकको १४ रुपैयाँ ४ पैसा, हिमालयन बैंकको १३ रुपैयाँ ६३ पैसा, सनराइज बैंकको १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको १० रुपैयाँ १९ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।

प्रतिसेयर आम्दानी धेरै भएका बैंकलाई राम्रो बैंक मानिन्छ भने कम भएकालाई कमसल खालको मानिन्छ । सेयर लगानीकर्ता उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्न रुचाउँछन् ।

लगानीकर्ताको आकर्षण पनि उच्च प्रतिफल दिने कम्पनीमा हुन्छ । लगानीकर्ताले कम्पनीले आर्जन गरेको नाफाभन्दा पनि कम्पनीले आर्जन गरेको प्रतिसेयर आम्दानीलाई हेरेर लगानी गर्ने गर्दछन् । बढी प्रतिसेयर आम्दानी भएका कम्पनीमा लगानी गर्नु राम्रो मान्ने गरिन्छ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...