प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा तेस्रो कार्यकालका लागि पुनः अशोक शेरचन नियुक्त

वि.सं.२०७९ माघ १४ शनिवार ११:५९

काठमाडौं । प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा तेस्रो कार्यकालका लागि पुनः अशोक शेरचन नियुक्त भएका छन् ।
सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको बताए ।
शेरचनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए । सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गर्दा भएको सहमतिअनुसार नै शेरचनलाई पुनः सीइओमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए ।