CG Electronics
IME Life
NIMB

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन्। डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको भनाइ छ।

 

दरवारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए। अध्यक्ष तुलाधरले दरवारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित र स्तब्ध भएको बताए।

 

बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए। ‘हामीले पहिले निशुल्क पार्किङको व्यवस्था गर्यौं तर महानगरले स्मार्ट पार्किङका नाउँमा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,’ उनी भन्छन्, ‘हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन, अहिले त पार्किङ नै हटाइयो।’

 

पार्किङ पुनर्स्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटकपटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ। ‘महानगरले एकतर्फी निर्णय गर्यो तर यसको मूल्य हामीले मात्र हैन सरकारले पनि चुकाउने अवस्था आएको छ,’ उनी भन्छन्, ‘हाम्रो दिनहुँ दशौं करोडमा हुने व्यापार आधा घटिसकेको छ। यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ।’

 

दरबारमार्गसँग आर्थिक र पर्यटकीयसँगै सामाजिक मान्यता पनि जोडिएको व्यवसायीहरु बताउँछन्। काठमाडौं आएपछि एकपटक दरबारमार्ग जानैपर्छ भन्ने मान्यता आम नेपालीमा रहेको उल्लेख गर्दै नेपालको ‘डाउनटाउन’ दरबारमार्गको शाख महानगरका कारण गिर्ने अवस्थामा पुगेको कक्षपति बताउँछन्। व्यवसायीहरुले पार्किङ अविलम्ब पुनर्स्थापनाको माग गर्दै अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको र आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले बताए।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...