Dish Media Network
global ime bank
machapuchhare  bank

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन्। डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको भनाइ छ।

 

दरवारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए। अध्यक्ष तुलाधरले दरवारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित र स्तब्ध भएको बताए।

 

बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए। ‘हामीले पहिले निशुल्क पार्किङको व्यवस्था गर्यौं तर महानगरले स्मार्ट पार्किङका नाउँमा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,’ उनी भन्छन्, ‘हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन, अहिले त पार्किङ नै हटाइयो।’

 

पार्किङ पुनर्स्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटकपटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ। ‘महानगरले एकतर्फी निर्णय गर्यो तर यसको मूल्य हामीले मात्र हैन सरकारले पनि चुकाउने अवस्था आएको छ,’ उनी भन्छन्, ‘हाम्रो दिनहुँ दशौं करोडमा हुने व्यापार आधा घटिसकेको छ। यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ।’

 

दरबारमार्गसँग आर्थिक र पर्यटकीयसँगै सामाजिक मान्यता पनि जोडिएको व्यवसायीहरु बताउँछन्। काठमाडौं आएपछि एकपटक दरबारमार्ग जानैपर्छ भन्ने मान्यता आम नेपालीमा रहेको उल्लेख गर्दै नेपालको ‘डाउनटाउन’ दरबारमार्गको शाख महानगरका कारण गिर्ने अवस्थामा पुगेको कक्षपति बताउँछन्। व्यवसायीहरुले पार्किङ अविलम्ब पुनर्स्थापनाको माग गर्दै अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको र आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले बताए।

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...