CG Electronics
IME Life
Ncell NPL

अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा पुगिसकेको छैन : अर्थमन्त्री पौडेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताए ।

 

अहिलेदेशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताए ।

विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई छ । अहिलेको सरकारको मुख्य उद्येश्यको रुपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि बताए ।

 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे ।

 

वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए । उनले भने ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

 

यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।

 

कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताए ।

 

देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

 

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...