एनआईसी एशियाको ‘भ्यालेनटाइन्स डे’ अफर : २० जनालाई तारे होटलमा साथीसँग डिनरसहित १४ प्रतिशत क्यासब्याक पनि
Saturday Feb 11, 2023
वि.सं.२०७९ माघ २८ शनिवार २१:५३
काठमाडौं । एनआईसी एशिया बैंकले ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेनटाइन्स डे’ को अवसरमा ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । बैंकले एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याएको हो ।
यो योजना २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने छ । यसअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेनटाइन्स डेको दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ ।
काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।




























