Dish Media Network
global ime bank
machapuchhare  bank

धोक्राको धोक्रा पैसा ल्याउछु भन्दै दुर्गा प्रसाईले यसरी दिए देश चलाउनेलाई दनक

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले देशमा बैंक तथा वित्तीय संस्थाहरुका कारणले आज मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको बताएका छन् । उनले झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको बताए ।

 

त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा आत्मदाह गरेको हो र ? यो त राज्यप्रणाली र बैकिङ सिस्टमको दोष हो । त्यस्तो सिष्टमलाई सुधार्नुपर्छ, प्रसाईले भने ।

 

आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुबाट पीडितहरुको संख्या लाखौं भएको बताए । उनले भने– ‘२० लाखभन्दा मुनिको कर्जा मिनाहा हुनुपर्छ ।’ प्रसाईले सरकार नै जनतालाई उठिबास लगाउन लागिपरेको संकेत गर्दै भने– ‘भूमि आयोग गठन गर्ने, सुकुम्बासीलाई जग्गा दिने, बैंक तथा वित्तीय संस्था, लघुवित्तले लिगलीरुपमा लिलाम गर्दै जाने, आफ्नो कब्जामा लिंदै जाने । यो लुकिछिपी कहिलेसम्म गर्ने ?’

 

प्रसाईले अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान चलाइरहेका छन् । यो केको लागि ? भन्ने इमानको प्रश्नमा उनले भने– ‘अहिलेका राजनीतिक दलहरुबाट यी सबै काम हुने, राष्ट्र, राष्ट्रियतालगायत बचाउ गर्न सक्ने हिम्मत रहेनछ । अब हामीले बचााउने हो ।

 

 

 

हामीले युनिभर्सिटी खोल्नुपर्छ । म दुबईबाट जति पनि पैसा ल्याइदिन्छु यो देश बनाउनलाई । ०.५ प्रतिशतमा पैसा ल्याइदिन्छु । तर तिनीहरुले किन पत्याउँदैनन् भन्दा यहींबाट दुबई पैसा गएको छ । देश चलाउन सक्दिन भनेर हाट उठाउन्, हामीलाई जिम्मा दिऊन्, म पचास बिलियन डलर रकम ल्याइदिन्छु ।’ प्रसाईले १० जना नेताले देश बिगारेको आरोपसमेत लगाए ।

 

 

उनले भने– ‘मुलुकको ५० खर्ब रकममध्ये ३० खर्बचाहिं ५५ जना व्यापारीले चलाएको छ । उनीहरु भाग्नासाथ देश टाट पल्टिन्छ । के ती व्यापारीहरुसँग त्यति ठूलो रकम लिनसक्ने धितो छ ?’ प्रसाईले प्रश्न गरे ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब सरकार विरुद्धको आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४३

  पोखरा । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...