राज्यले चाएको खण्डमा सहकारीको समस्या समाधान हुन्छ : बद्री कुमार गुरागाईं
Sunday Mar 05, 2023
वि.सं.२०७९ फागुन २१ आइतवार १९:०७
काठमाडौं, २१ फागुन । सहकारीहरुका समस्या समाधानका लागि सबैले प्रयास गर्नु पर्ने हुन्छ । आफैले समस्या सिर्जना गरेको होकी भन्ने सरोकारवालाहरुको बुझाई रहेको छ । सरोकारवालाहरुको अर्काे सेक्टरमा बसेका छौँ । हामी के ठान्छाँै भने यो त संसारकै समस्या भएर पो हामी पर्याे त नत्र कहाँ पथ्र्याै र ।
अस्ती आएको कोभिडले जो शारिरीक रुपमा कमजोर छ उसैलाई बढी समस्यामा पार्याे त्यस्तै अहिले विश्वव्यापीरुपमा चलिरहेको तरलता अभावले सहकारीलाई सबैभन्दा बढी अप्ठ्यारोमा पारेको छ । विपतबाट कमजोरलाई बढी प्रभाव पर्ने गरेको छ ।
यो अवस्थामा सरकारले, सहकारीका अभियान्ताले र हाम्रा सदस्यले पनि के बुझ्नुपर्छ भने हाम्रो स्ट्रक्चर कहीँ न कहीँ कमजोर छ । नत्र भने यसले हामीलाई यति धेरै असर गर्थेन । हुनत प्राकृतिक नियम नै हो कमजोरलाई समस्याले बढी प्रभाव पार्ने । यसको समाधानको लागी लगानीकर्ताहरुले समस्यालाई सही रुपमा बुझेर अघि बढौँ । सहकारीमा देखिएको संकटका विषयमा छानविन गरौँ । स्रोत व्यवस्थापन गरेन भने सहकारीको समाधानको लागि निस्कन गाह्रो हुन्छ ।
जब तपाईको सम्पत्तीको गुणस्तर कमजोर हुन्छ त्यसले ब्यालेन्ससिटमा देखिएको सम्पत्ति र वास्तविक सम्पत्तिमा मेल खादैँन । ब्यालेन्ससिटमा देखिएको सम्पत्ति हुन्छ तर वास्तविक सम्पत्ति हुदैन । यो ग्याप पुर्ति गर्नको लागि पुँजीको आवश्यक्ता पर्दछ । यो पुँजी खोज्ने क्रममा सरोकारवालाहरु, महासंघ, केन्द्रीय संघ हामीहरुले गम्भिर भएर छलफल गर्नुपर्छ ।
फेरि स्रोत र समाधानको व्यवस्था भएन भने छलफलको पनि औचित्य रहँदैन । नेपालको सरकारी बंैकहरुमा खराब ऋण बढ्यो । खराब ऋण बढीसकेपछि त्यसलाई समाधान गर्नुपर्छ भनियो । विश्व बंैकको पनि सपोर्ट आयो । टेक्निकल सहयोग पनि आयो । नीतिगत रुपमा रिफर्म पनि भयो । सँगसँगै क्यापिटल इन्जेक्ट भयो पनि भनियो ।
पुँजी इन्जेक्ट भएको थिएन् । यो प्रतिस्पर्धी वातावरणमा वित्तीय संस्थाले कति गर्न सक्छन भनेर हामीले पनि सोच्नुपर्छ । त्यहि भएर समस्याको विषयमा छलफल गर्न सकिन्छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा एक आपसमा समन्वय गरेर समस्यालाई समाधान गर्नतर्फ जानुपर्छ । अब जिम्मेवारी को कुरा गर्नुपर्दा दर्ता गर्ने बेलामा, अनुगमन गर्ने बेलामा, सञ्चालन गर्ने बेलामा हामी फरक–फरक मान्छे हुन्छौँ । दर्ता गर्नुपर्दा सरकारले गर्छ, अनुगमन गर्नुपर्दा सरकारले गर्छ, अनि सञ्चालन हामीले गर्छौँ । हामीले दर्ता गरेर सञ्चालन गर्दा बिचमा फरक छ भने त्यसमा सरकारले कडा रुपमा नियमन गर्नु पर्ने देखिन्छ । किनभने हामी अहिले कडा फेइलर भएका हैनौँ । कसैले गल्ती गरेको छ भने त्यसलाई अगाडि ल्याउन सक्नुपर्छ हैन भने कसैले दर्ता गरेर सञ्चालन गरेको कुरामा यो र त्यो बहानामा अथवा मेरो गल्ती होइन भन्ने कुरा गर्नु हुदैन । आफ्नो गल्तीका रुपमा नलिएर जिम्मेवारीका रुपमा स्वीकार गर्नु पर्ने हुन्छ ।
सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गरेर समग्र अर्थतन्त्रको जोखिम कम गर्नुपर्छ । अर्को कुरा सहकारी सञ्चालनमा समन्वयको पनि कमी देखिएको छ । ३० हजार संस्था दर्ता भए ४ सय ७७ अर्बको कारोबार भनिएको छ । मलाई त ७ सय अर्ब छ जस्तो लाग्छ । त्यो तथ्यांकमा मेरो आफ्नै व्यक्तिगत म्याटरहरुपनि छन् ।
यो बिचमा समन्वय गरेको त्यो ७३ लाख मान्छेको दोष नहोला । त्यसमा केही हजार केही सय व्यक्तिको दोष हुन सक्छ तर समग्र व्यक्तिलाई दोष दिन मिल्दैन् । प्रशिक्षणको कुरामा सहकारी संस्था सञ्चालन गर्दै जाँदा वित्तीय संस्थाको एउटा आफ्नै क्यारेक्टर हुन्छ । वित्तीय जोखिमहरु हुन्छन् त्यस्ता जोखिमहरुको न्युनिकरण गर्न संरचनात्मक नीतिहरुको व्यवस्था गरिनुपर्छ । तर मैले सहकारीमा यो नीति देख्दिन । सहकारीलाई नामले हैन कामले चिन्नुपर्छ । सहकारी सर्भिसिङ बंैककीङ बिजनेस हो । बंैक चाहि नाम हो भने बंैककीङ बिजनेस चाहि काम हो ।
सहकारी बंैककीङ बिजनेसमा आउने जोखिमलाई कम गर्न धेरै संरचनाहरु हुन्छन् । जस्तै पुँजी प्रर्याप्तताका कुरा गर्दैर्नौ हामीले भर्खरभर्खर शुरु गरेका छौँ । एउटा व्यक्तिलाई मात्र कर्जा लगानी गर्ने, कति सम्पत्तिलाई तरलरुपमा राख्नुपर्छ, कर्जा खराब भयो भने कति प्रभिजन गर्नुपर्छ, यस्ता कुराहरुले मात्र जोखिम न्युनिकारण गर्छ ।
हाम्रो सहकारी क्षेत्रमा यो कुराहरुको बृहतरुपमा छलफल भएको छैन् । हुन चाँहि बीस पच्चिस बर्षसम्ममा यसको छलफल हुनुपथ्र्याे । यस्ता कुराहरुलाई स्ट्रिक्चरहरु ले नै ठिक पारीदिन्छ हामीले टेन्सन लिईरहनुपर्ने स्थिती रहदैन् । यस बिषयमा म सम्पुर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।
७० सालमा राम्रो भएको संस्था ७९ सालमा एकदमै नराम्रो किन हुन्छ ? संरचनात्मक रुपमै त्यसलाई ठिक गर्ने वा नगर्ने भनेको त व्यक्तिको जर्जमेन्टमा भर पर्छ । मान्छे ठिक परे चाहि राम्रो हुने रहेछ मान्छे नराम्रो भए चाहि नराम्रो हुने रहेछ । स्ट्रिकचर्ली रुपमै एड्रेस गर्ने स्ट्रिक्चरको बारेमा छलफल गरौँ ।
तर हामी सद्धान्तको बारेमा झगडा गरेर नबसाँै । संसारभरि सहकारीको बेस्ट प्राक्टिसेस भएको क्यानडालाई लिन सकिन्छ । त्यहाँको सहकारीलाई सेन्ट्रल बैंकले रेगुलेसन गर्छ । कोरियामा नेसनल फेडेरेशनले गर्छ तर रेगुलेशन गर्न स्ट्यान्डर क्यामेल सिएएमइएल सी भनेको क्यापिटल एडुकेशी नै हो ।
हामीले कोरीयाको उदाहरण लिन सक्छौँ । त्यस्तै आयरलायनमा ब्राजिल, अष्ट्रलियामा भएको व्यवस्थालाई हेर्दा पनि हुन्छ । अष्ट्रेलियामा फिट एण्ड प्रपर टेस्ट गर्छ । यो खालको संस्थागत प्रावधान र नियमन प्रावधानलाई जोड्न पर्छ । अब अर्काे कुरा नेपालमा अर्थतन्त्र भित्र कस्तो काम गरेको देखिरहेको छु भने फईनान्सीयल स्ट्रक्चरमा सहकारी पर्छ की पर्दैन भन्ने बिषयमै हामी डिभेट गरीरहन्छौँ ।
म आफै सहकारी क्षेत्रमा कार्यरत भएकाले धेरै बोल्न आवश्यक ठान्दिन तर एकदुईओटा बिषयमा भने सरकारको ध्यानाकर्षण गराउछु । तपाईहरुले जीडिपी भर्सेस लोन हेर्नुस, तार्गेट ल्यान्डिङ कति पुगेको छ हेर्नुस ।
अनि रोजगारी सिर्जना कति छ त्यो पनि हेर्नु पर्ने हुन्छ । कति जनशक्ति विदेश गएका छन हेर्नुस, जग्गाको दाम कति बढेको छ यति कुराको विश्लेषण गर्दा अन्य कुरा गर्नै पर्दन् ।
यो विश्लेषण पछिको एक्सनमा चाहि मेरो फोकस हो । सहकारी संस्थामा अहिले समस्या आयो भनेर दुखि हुदै गर्दा सहकारी चाहि के कारणले समस्यामा आयो, सहकारीको ७००, ८०० अर्ब रुपैयाँ के कारणले डुब्यो । बद्री गुरागाईको कारणले डुब्यो या अरुको कारणले डुब्यो । यसको जोखिम लिने संस्था ठुलो हुन्छ । जनताको भरोसा टुट्छ सिस्टमप्रतिको विश्वास उड्छ । बंैक वित्तीय संस्थालाई समस्या पर्छ । खराब कर्जा ५, ७, १० हुन्छ त्यसपछि राज्यकै अर्थतन्त्रमा अराजकता आउँछ । यो पनि हाम्रै सेक्टर हो फाईन्सीयल सेक्टरमा क्यापिटल मार्ट यात इन्सुरेन्स, बैंक वित्तीय संस्था सहकारी पनि छ ।
यसको अन्तरनिहित इन्टर्नललाई समयमै समस्या समाधान गर्नुपर्छ भनेर हामीले सोच्यौँ भने मलाई लाग्छ हामी धेरै टाढा पनि छैनाँै । राज्यले एड्रेस गर्न पनि सक्छ ।
हाम्रो सहकारी सेक्टरका ७३ लाख जनता झण्डै तीस प्रतिशत जनताको यो कुरा छ । उहाँहरुले चाहाने नचाहाने कुरा आफ्नो ठाउँमा छ तर राज्यले चाहेको खण्डमा सहकारी अभियानको साथ सहयोग रहयो भने मलाई लाग्छ छोटो समयमै हामीले पोजेटिभ रिजल्ट निकाल्न सक्छौँ । त्यस पछाडि केस बाई केस चल्ने कुरा हो । समस्यालाई राम्रो सँग बुझाँै एक तिर गोल एकतिर निशाना भयो भने चाहि हामी गोल चक्करमा फस्छौँ ।
(गुरागाईं राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरागाईले आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयोजना गरेको सहकारीमा संकट ः कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)























