Dish Media Network
global ime bank
machapuchhare  bank

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, मूल्य कति ?

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौं । सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक भएको छ। नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो ।

नयाँ संस्करणको ग्राण्ड भिटारामा अरु गाडी भन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस गाडीमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फूल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई-टेक सुविधाहरू नेपाली सडकको लागि उपयुक्त हुने कम्पनीको बताउँछ ।

 

एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले बताए ।

‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ, हाम्रो सडकमा ड्राइभिङ गर्न योग्य एसयूभी उचित हुन्छ, ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्, यसमा सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटोमोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ,’ उनले भने ।

न्यू ग्राण्ड भिटारा

यो कलात्मक डिजाइन गरिएको गाडी हो। यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ। यसले २७.९७ किलो मिटर माइलेज दिन्छ। यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ। चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ। यसमा ६ वटा एयरब्याग छन्। गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ।

न्यू ब्रेजा

यो गाडी चालकको आराम र सुविधालाई ध्यान दिई डिजाइन गरिएको छ। यसमा प्रयोग गरिएको फराकिलो सिटले लामो यात्रा गर्न सहज हुन्छ। यसमा रंगीन हेड्सअप डिस्प्ले जडान गरिएको छ। ग्राहकले यो गाडीको खरिदमा क्युआई प्रमाणित वायरलेस चार्जर पाउँछन्। गाडीमा ६ वटा एयरब्याग जडान गरिएको छ। यसको सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्रणाली जडान गरिएको छ।

 

विशेषता

नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ । १४६२ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर रहेको छ ।

हाइब्रिड यो गाडीमाः विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान भएको छ । गाडीमा फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरू जस्तै इभी, इको, पावर र नर्मल छन् । राम्रो माइलेज २७.९७ कि.मि./लिटर यस गाडीले २१.११ कमिलोमिटर प्रतिघण्टासम्म उत्कृष्ट माइलेज दिन्छ ।

 

२५०० मिलिमिटर अग्लो ब्रेजा गाडीको अधिकतम पावर ७५.८ किलोवाट र ६००० आरएमपी रहेको छ । साथै यसमा ४८ लिटर इन्धन अट्न सक्ने टयाङ्की रहेको छ ।

 

त्यस्तै बजारमा ब्रेजाको राम्रो माग छ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...