CG Electronics
IME Life
NIMB

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, मूल्य कति ?

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक भएको छ। नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो ।

नयाँ संस्करणको ग्राण्ड भिटारामा अरु गाडी भन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस गाडीमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फूल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई-टेक सुविधाहरू नेपाली सडकको लागि उपयुक्त हुने कम्पनीको बताउँछ ।

 

एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले बताए ।

‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ, हाम्रो सडकमा ड्राइभिङ गर्न योग्य एसयूभी उचित हुन्छ, ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्, यसमा सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटोमोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ,’ उनले भने ।

न्यू ग्राण्ड भिटारा

यो कलात्मक डिजाइन गरिएको गाडी हो। यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ। यसले २७.९७ किलो मिटर माइलेज दिन्छ। यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ। चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ। यसमा ६ वटा एयरब्याग छन्। गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ।

न्यू ब्रेजा

यो गाडी चालकको आराम र सुविधालाई ध्यान दिई डिजाइन गरिएको छ। यसमा प्रयोग गरिएको फराकिलो सिटले लामो यात्रा गर्न सहज हुन्छ। यसमा रंगीन हेड्सअप डिस्प्ले जडान गरिएको छ। ग्राहकले यो गाडीको खरिदमा क्युआई प्रमाणित वायरलेस चार्जर पाउँछन्। गाडीमा ६ वटा एयरब्याग जडान गरिएको छ। यसको सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्रणाली जडान गरिएको छ।

 

विशेषता

नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ । १४६२ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर रहेको छ ।

हाइब्रिड यो गाडीमाः विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान भएको छ । गाडीमा फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरू जस्तै इभी, इको, पावर र नर्मल छन् । राम्रो माइलेज २७.९७ कि.मि./लिटर यस गाडीले २१.११ कमिलोमिटर प्रतिघण्टासम्म उत्कृष्ट माइलेज दिन्छ ।

 

२५०० मिलिमिटर अग्लो ब्रेजा गाडीको अधिकतम पावर ७५.८ किलोवाट र ६००० आरएमपी रहेको छ । साथै यसमा ४८ लिटर इन्धन अट्न सक्ने टयाङ्की रहेको छ ।

 

त्यस्तै बजारमा ब्रेजाको राम्रो माग छ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...