CG Electronics
IME Life
NIMB

प्रभु स्मार्ट फण्डको इकाइमा १० करोड भन्दा बढीको आवेदन

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु बैक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशन गरेको प्रभु स्मार्ट फण्डमा आवेदन दिन अन्तिम दिनमा १० करोड ५२ लाख भन्दा बढीको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो ।

सो फण्डमा कुल ८ करोड ईकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई फागुन १८ गते देखि सर्वसाधारणको लागि आजसम्म आवेदनको लागि आह्रवान गरिएकोमा संस्थाहरु सहित सर्वसाधारणहरुबाट १०,५२,९६,२०० इकाईको लागि आवेदन परेको छ ।

क्यापिटलले ८० करोड रुपैयाँ रकम बराबरको प्रभु स्र्माट फण्ड नामको योजना निष्काशन गरेको भएता पनि सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित १ अर्ब रुपैयाँ बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।

यस निष्काशनको अवधि मध्ये छोटो समयमा उल्लेखजनक रुपमा सहभागी भई उल्लेख्य मात्रामा आवेदन प्राप्त भएकोमा निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्र्पूण शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सिआश्वा सदस्य बैक तथा वित्तीय संसथाहरु, नियमक निकायहरु तथा सम्बन्धित सम्र्पूणमा क्यापिटलले धन्यबाद ज्ञापन गरेको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...