CG Electronics
IME Life
NIMB

एमभी दुगड ग्रुपले ल्यायो इन्डोनेसियन इलेक्ट्रिक स्कुटर जेसिस्ट्स नेपाली बजारमा

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक भएको छ । एम.भी दुगड़ ग्रुपले नेपालमा पहिलोपटक सोमबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्रान्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको हाे ।

रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध भएको यस स्कुटरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए ।

नयाँ प्रविधी र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोकाे लागि सुहाउँदो रहेको कम्पनी बताउँछ । कम्पनीको अनुसार यो नेपालमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर रहेको छ ।

 

यस्तै, अन्य इभी स्कुटरमा नभएको प्रविधी मोनोसक र ड्राइभ बेल्ट यस स्कुटरमा रहेको र स्कुटरको ब्याट्री डिट्याचेबल भएकाले निकालेर पनि सुरक्षित राख्न सकिने कम्पनीले बताएको छ ।

आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित यस स्कुटर ब्रेक हान्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुने कम्पनी बताउँछ ।

यस स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान हुनुकाे साथै ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । यस स्कुटलरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ ।

 

अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहेको यस इभी स्कुटरको ब्याट्री ९० मिनेटमा फूल चार्ज हुन्छ । कम्पनीले डबल ब्याट्रि जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्रि जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...