आजदेखी सुरु (निफ)को छैटौं संस्करण
Thursday Mar 16, 2023
वि.सं.२०७९ चैत २ बिहीवार २१:२१
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित वरिष्ठ फिल्मकर्मी, जज र कूटनीतिज्ञले फिल्मको शुभारम्भ गरेका थिए । समारोहमा चिन,भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरु पनि सहभागि रहेको थिए ।
सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रर्दशनीमा दिनभर सहभागि हुन चाहानेले ५०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ।






















