CG Electronics
IME Life
NIMB

मकवानपुरको हेटौंडामा क्यान इन्फोटेक प्रदर्शनी हुँदै

NIMB
Himalayan Bank

 

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा भोलि (चैत २ गते)देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक प्रदर्शनी हुँदैछ ।

क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले वि. सं. २०६३ सालदेखि पटकपटक गरि ६ पटक इन्फोटेक (सुचना प्रविधि प्रदर्शनी) सम्पन्न गरिसकेको छ । यसपटक क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक आयोजना गर्न लागेको छ । प्रदर्शनी चैत्र २ गतेदेखि शुरु भइ ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेका यस प्रर्दशनीको उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने छ ।

मेला आयोजनामा HIkVision डाइमण्ड स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैकिङ्ग पार्टनर, सजिलो पे ई–टिकेट पार्टनर, प्यान्टम प्रिन्टिङ पार्टनर, फर्स्ट एड नेपाल प्रा.लि. फायर फाइटिङ पार्टनर, समारी सीसीटीभी पार्टनर र एमआई, ओकाया, K7 सेक्युरिटि, RICOH, Aster CLIQ, Ruijie, Hetauda School of Management, DYnamic Soft, Hit Education गोल्ड स्पोन्सर रहेका छन् ।

यसैगरि सहयोगी सँस्थाहरुमा जिल्ला समन्वय समिति मकवानपुर लगायत मकवानपुर जिल्लाका स्थानीय निकायहरु रहेका छन् । यस कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिनेछ । पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ । विभिन्न विद्यालयहरुको इन्नेभेटिभ (नविनतम सिर्जना) हरुको समेत स्टल रहनेछ ।

प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते नेटवर्किङ र सीसीटीभी सम्बन्धि सेमिनार हुनेछ । मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ । माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।

यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा गरेका छौं ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...