CG Electronics
IME Life
NIMB

यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी १०गते दखि भृकुटीमण्डप

NIMB
Himalayan Bank

 

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह९आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।

यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन् ।

 

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...