CG Electronics
IME Life
Ncell NPL

एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छु : वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काँकरभिट्टा, २०७९ चैत ८। नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन्।

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?‘ विषयक कार्यक्रममा आफूले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन।

 

‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु,‘ उनले प्रतिबद्धता जाहेर गरे, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रियरुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु।‘

उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरुपमा सहकार्य गर्ने पनि बताए।
‘हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ। त्यसैले व्यवसायका समस्याहरुबारेमा पनि परिचित छु,‘ उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु।‘

 

कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए।

‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,‘ उनले भने। बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे।

‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ। सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,‘ पूर्व सचिवले ढुंगानाले भने, ‘मौद्रिक नीतिमा समिक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन्।‘

 

सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका बिराट अनुपमले प्रदेशमा आर्थिक गतिबिधिका लागि उच्चतम संभावना भएको भन्दै बिबिआईएनमा कोशी प्रदेशले नेतृत्व लिनसक्ने औंल्याए।

 

उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरुसम्म यातायात सहजता भएको हुँदा यसले बजार बिस्तार गर्न सकिने बताए।

 

‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड, टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनुपर्नेछ। यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ,‘ उनले भने।

 

बिराट अनुपमले भुटानी नागरिकहरुलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहितका योजनाहरु ल्याउन निजी क्षेत्रसँगसमेत आग्रह गरे।

जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरे।


‘यसअघि पनि युवा नेतृत्वलाई रोक्ने काम हुँदै आएको छ। तर अब यस पटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन्,‘ उनले भने।

अन्य वक्ताहरुले अर्थतन्त्र पुरै बिग्रिएको नभई लथालिंग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए । सरोकारबालाहरुले अर्थतन्त्रमा केहि समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरर सहि ट्र्याकमा ल्याउन सकिने बताए।

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमितरुपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए। अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए।

त्यसैगरी सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरुले सुझाब दिए।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...