CG Electronics
IME Life
NIMB

नेपाल फाइभ पी प्रर्दशनीको तयारी अन्तिम चरणमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल फाइभ पी प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा भोली शुक्रबारदेखि सुरु हुन लागेकोे तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनीको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलीदेखि काठमाडौंको भृकुटी मण्डपमा सुरु हुने प्रर्दशनीमा उद्योेग र व्यवसायिलाई नविनतम प्रविधिसंग अपग्रेट गराउने तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका उद्योगहरु बीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने वातावरण तयार हुने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का म्यानेजिङ डिरेक्टर तथा एक्स्पो का आयोजक सृजल भट्टराईले बताए । उनले भने ‘प्रर्दशनीको मुख्य आकर्षण पक्ष भनेकै उद्योगि जसले यो प्रविधिको उपभोग गर्नुहुन्छ,र कम्पनीहरुलाई एक आपसमा फेस टु फेस कुरा गर्ने वातावरण बनाउनु हो ।’

नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ संग सरोकार राख्ने व्यापार व्यवसायिहरुलाई एकै ठाँउमा ल्याएर ब्यापार साझेदारी गर्दै नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न, गराउन साझा मंच प्रदान गर्ने हेतुले प्रर्दशनी आयोजना गर्न लागिएको उनको भनाई छ ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुले उत्पादन गरेका सामग्रीहरु रहने आयोजकले जनाएको छ ।

संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याएर नेपालमा प्रविधिमैत्री उद्योग स्थापना र विकासका लागि यो एक्स्पो फलदायि र महत्वपूर्ण रहने आयोजकको आकलन छ । एक्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल रहनेछन् ।
प्रर्दशनी अवलोकन गर्न चाहानेले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।

प्रर्दशनीमा संचालनमा आउने तयारीमा रहेका तथा संचालनमा रहेका उद्योग तथा उद्योगी व्यवसायीलाई हाल प्रयोगमा आएका विभिन्न नयाँ प्रविधिसंग परिचित हुने मौका मिल्ने आयोजकको दाबी छ । उद्योगी तथा व्यवसायिले सिधै एक्स्पोमै कम्पनीसंग कुरा गरेर प्रविधिसंग सम्बन्धित ज्ञान लिन सक्ने छन् ।

त्यस्तै आवश्यक सामान किन्ने, सिक्ने तथा आफ्ना सामाग्री विक्रिका लागि समेत प्रर्दशनी सहयोगी हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...