CG Electronics
IME Life
NIMB

व्यापार घाटा कम गर्ने प्रयास भइरहेको छ : यातायात मन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, सरकार व्यापार घाटा कम गर्ने आवश्यक प्रयासमा लागिरहेको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै, मन्त्री श्रेष्ठले, इटलीसँग मात्रै नभएर अन्य देशसँग समेत मुलुकको व्यापार घाटामा रहेको भन्दै घाटा न्यूनीकरणका लागि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

६ दशक लामो कूटनीतिक सम्बन्धमा नेपालले इटलीबाट कति लाभ लिन सक्यो भन्ने कुराको समीक्षा हुनुपर्ने उनको भनाई छ ।

सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अर्थतन्त्र सुधारका लागि आवश्यक प्रयास गर्न तयार रहेको उनले बताए ।
उनले भने ‘नेपाल र इटाली बीचका कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ६ दशक पुग्न लाग्यो यसबाट कति लाभ लिन सक्यौ समीक्षा गर्न आवश्यक छ । नेपाली इटलीसँग हाम्रो व्यापार घाटा २ अरब ९६ करोड रुपैयाँ रहेको छ । सरकार र निजी क्षेत्र मिलेर दुई देशबिचको व्यापार अभिवृद्धि गर्ने उत्पादनको बजार सुनिश्चित गर्ने काम गर्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ ।’

उनले नेपाल–इटाली चेम्बर अफ कमर्सले नेपाल र इटालीमा नागरिक स्तरमा सम्बन्ध विकासमा भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...