फ्रिक्वेन्सीको मनपरी वितरणले समस्या निम्त्याउँछ : सचिव, अर्याल
Thursday Mar 23, 2023
वि.सं.२०७९ चैत ९ बिहीवार १७:०३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले, रेडियो फ्रिक्वेन्सीको वितरण व्यवस्थित गरिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबकाको १७ औँ साधारण सभामा बोल्दै उनले सबै स्थानीय तह , प्रदेश र सङ्घीय सरकारले आ—आफ्नो ढङ्गले फ्रिक्वेन्सी दिन थाल्ने हो भने समस्या हुने बताएका हुन् ।
राष्ट्रिय सम्मेलनमा बोल्दै उनले, स्थानीय तह ,प्रदेश र सङ्घीय सरकारले आ आफ्नै ढङ्गले फ्रिक्वेन्सी दिए एक अर्काको फ्रिक्वेन्सी जुधेर कसैले कसैको प्रसारण सुन्ने नसक्ने अवस्था उत्पन्न हुने चेतावनी दिए ।
उनले भने, “रेडियो सञ्चालनका लागी ८८ मेगाहर्ज देखि ११० मेगाहर्ज सम्म मात्र उपलव्ध गराउनु भनेको छ । त्यो भित्रको अप्ठ्यारो हुन्छ । सबै स्थानीय तह सबै प्रदेश सबै सङ्घीय सरकारले आआफ्ना ढङ्गले फ्रिक्वेन्सी दिन थाल्ने हो भने एक अर्काको फ्रिक्वेन्सी जुधेर कसैले कसैको प्रसारण सुन्ने अवस्था नहुन सक्छ ।”
सचिव अर्यालले भने मस्यौदामा लेखिएको सामान्य कुराहरूले त्रास र भ्रम उत्पन्न भइरहेको भन्दै उनले सामुदायिक रेडियोहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

























