CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गर्नुभएको छ । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उहाँहरुको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । यसले उहाँहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गर्नुभयो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो। अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउदा आफु खुसि भएको बताउनुभयो ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१९

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित...

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:०४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना सर्टलिस्ट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना...

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:००

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका...

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक...

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:५५

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न...

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:१३

  काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको...