CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिम लिन काठमाडौंमा

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिम लिन काठमाडौं आएका छन् । दक्षिण पूर्व एशियाली केन्द्रीय बैंक अनुसन्धान र प्रशिक्षण केन्द्र (सिसन)मा सदस्य राष्ट्रका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिमका लागि काठमाडौंमा आएका हुन् ।

सिसनको आयोजनामा केन्द्रिय बैंकका कर्मचारीलाई सोमबारदेखि एक हप्तासम्म तालिम दिइने राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजलाई जानकारी दिए । सोमबारदेखि एक हप्ता आइतबारसम्म काठमाडौंको र्याडिसन होटलमा तालिम दिइने उनले बताए ।

सिसन मलेसियामा रहेको संस्था हो । यस संस्थामा दक्षिण पूर्वी एशियाका मुलुकका केन्द्रिय बैंकहरु सदस्य छन् । जसमा नेपाल राष्ट्र बैंकसहित १९ वटा केन्द्रिय बैंकहरु सदस्य रहेका छन् ।

सिसनको आयोजनामा सोमबारदेखि एक सातासम्म केन्द्रिय बैंकका कर्मचारी तालिममा सहभागी हुनेछन् । जसमा राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने अन्य सदस्य केन्द्रिय बैंकबाट एक÷दई जना सहभागी हुनेछन् ।

‘कर्मचारीको क्षमता अभिवृद्धिका लागि सिसनले एक साता तालिम दिने हो, अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई बढी जोड दिइएको छ, तालिम टेक्निकल विषयमा बढी केन्द्रित हुनेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजसँग भने ।

उनका अनुसार राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने २० जना विदेशका केन्द्रिय बैंकमा काम गर्ने कर्मचारी गरी ३० जना सहभागी हुनेछन् । तालिममा सदस्य राष्ट्रका केन्द्रिय बैंकमा कार्यरत कर्मचारी मात्रै सहभागी हुनेछन् । ३० जना सहभागी हुने तालिम सोमबार उद्घाटन गरिनेछ ।

सिसनमा ब्रुनाई, कम्बोडिया, चीन, हङ्कङ, भारत, इण्डोनेसिया, कोरिया, लाओस, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, पपुवान्यूगिनी, ताइवान, थाइल्याण्ड र भियतनामका केन्द्रिय बैंक सदस्य छन् ।

 

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१९

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित...

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:०४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना सर्टलिस्ट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना...

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:००

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका...

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक...

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:५५

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न...

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:१३

  काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको...