IME Life
NIMB

हर्कसंग पहिलो भेटपछि बालेनको ट्वीट : “सिलाम साक्माले’’ मृत्युको बाटो छेकेझै, नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस

NIMB
Himalayan Bank

 

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट भएको छ। स्थानीय चुनावका दुई चर्चित उम्मेदवारहरुबीच भएको पहिलो भेटमा दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइ दिएका छन् ।

 

बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको सलाम साक्मा साटा साट गरेको फोटो ट्वीटरमा पोष्ट गर्दै मेयर साहले, ‘ “सिलाम साक्माले’’ मृत्युको बाटो छेकेझै, नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस ।’ लेखेका छन् ।

मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिने सिलाम साक्मा भनेको लिम्बु भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ भन्नाले रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा यसलाई लिने गरिएको छ ।

त्यस्तै साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेका छन् । उनले फेसबुकमा तश्विरसहित लेखेका छन् । ‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’

खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् ।

काठमाडौंमा रहेका हर्कले आजै साँझ संस्कृती मन्त्री सुदन किराँतीलाई भेटेका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, लगायत विभिन्नमन्त्रीहरुलाई उनीहरुकै मन्त्रालयमा पुगेर भेटका थिए ।

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...