सानिमा बैंकको पौने १२ लाख कित्ता सेयर बिक्रीमा
Wednesday Apr 12, 2023
वि.सं.२०७९ चैत २९ बुधवार ०६:५१
काठमाडौँ । सानिमा बैंकले पौने १२ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ११ लाख ८७ हजार १७३ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी प्रस्ताव गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।
सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने बैंकले जनाएको छ। संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र निवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।























