CG Electronics
IME Life
NIMB

सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार श्री जगदीश प्रसाद अग्रवालज्यूलाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

सम्माननीय राष्ट्रपतिज्यूद्धारा यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी श्री जगदीश प्रसाद अग्रवालज्यूलाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा मिति २०७९र०६र०३ का दिन घोषित उक्त सम्मानित विभूषण मिति २०८०र०१र०१ का दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूद्धारा प्रदान गर्नु भएको हो । यस सुखद अवसरमा श्री जगदीश प्रसाद अग्रवालज्यूलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित हुनुभएका श्री अग्रवालज्यूले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ ।

उहाँ यस बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा। लि।, कमला रोलिङ मिल्स प्रा।लि। तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आउनु भएको छ । साथै, उहाँले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउदै आउनु भएको छ ।

 

 

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव विन्द्रा हाडा

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा...

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा– २०२६’ का विजेता घोषणा

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा–...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २१:५६

  काठमाडौं । नेपालका लागि एङ्कर र साउन्डकोर ब्रान्डको आधिकारिक...