CG Electronics
IME Life
NIMB

एनएमबि बैंक र बिवाइडी बीच सजिलो इभी फाइनान्सि  सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका लागि एनएमबि बैंक संग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बिवाइडीका इभी गाडी खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ ।

साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ‘विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’

बिवाइडी बिभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवद्धृन गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा अनी त्यसपछि २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत इभी फाइनान्सिङ गर्ने भएको छ ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बिवाइडी अल–इ न्यू सिक्स (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री रु. १२.९८ लाख र बिवाइडी अल–इ न्यू सिक्स मात्र रु ११.८० लाखमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...