CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता ११४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २१ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी कुनाल कयाल नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, अन्य केही संस्थापक सेयरधनीहरुले समते आफ्नो नामको सेयर आंशिक वा पुरै बिक्री गर्ने भएका छन् ।

बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकले बोलपत्र पेश नगरे सर्वासधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५६

  काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई...

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१

काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी...

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१२

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण,...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:०३

  काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप...

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५४

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार...