CG Electronics
IME Life
NIMB

युवा उपभोक्ताहरूको छनौटमा भिभो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्मार्टफोन निर्माताहरू उचित मूल्यमा उत्कृष्ट सुविधा तथा विशेषताहरू भएका स्मार्टफोनहरु निर्माण गर्दै उपभोक्ताका विभिन्न आवश्यकताहरू पूरा गर्न निरन्तर प्रयासरत छन् । यो लक्ष्य हासिल गर्नका लागि, धेरै उत्पादकहरूले “कम मुल्यमा धेरै” भन्ने बजारिकरण रणनीति अपनाएका छन्, जसले उपभोक्ताहरूलाई सुलभ मूल्य बिन्दुमा थप सुविधाहरू र क्षमताहरू भएका उपकरणहरू प्रदान गर्ने लक्ष्य राखेका छन् । यस प्रवृति अनुरुप, २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले सुविधायुक्त तथा सुलभ मुल्य दायराका स्मार्टफोनहरूका लागि लोकप्रियता हासिल गरेको छ ।

भिभोसँग नेपालमा बजेट–अनुकूल स्मार्टफोनदेखि फाइभजी कनेक्टिभिटी, उच्च रिजोल्युसन क्यामेरा र शक्तिशाली प्रोसेसरहरू जस्ता उत्कृष्ट विशेषता भएका स्मार्टफोनहरू छन् । अफलाइन रिटेल बजारमा पनि आफ्नो उपस्थितिलाई बलियो बनाउँदै भिभोका स्मार्टफोनहरू देशभरका विभिन्न रिटेल स्टोर र आउटलेटहरूमा उपलब्ध छन् । कम्पनीले अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसन (इआईएस) जस्ता नवीन विशेषताहरु ल्याउन अनुसन्धान र विकासमा महत्वपूर्ण लगानी गरेको छ । यसबाहेक, बजारमा पहिलो इन–डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी ल्याएर भिभो विश्वव्यापी दर्शकहरूको ध्यान खिच्न सफल भएको थियो । भिभोका उत्पादनहरूमा प्रायः शीर्ष विशेषताहरु र उत्कृष्ट सुविधाहरू छन् जसले प्राविधिक जानकार उपभोक्ताहरूलाई आकर्षित गर्दछ ।

भिभोका उत्पादनहरु ट्रेन्डी, स्टाइलिस र सुलभ छन जसकारण यसलाई युवा केन्द्रित ब्रान्ड मानिन्छ । भिभोले युवाहरूमाझ लोकप्रिय गतिविधिहरू, जस्तै सांगितीक उत्सवहरू, खेलकुद प्रतियोगिताहरू, र गेमिङ प्रतियोगिताहरू प्रायः प्रायोजित गर्ने साथै प्रभावकारी कलाकारहरुसंग सहकार्य गर्दै आइरहेको छ ।

यसका साथै, सामाजिक सञ्जाल, फोटोग्राफी र भिडियो सामग्री निर्माणका लागि स्मार्टफोनको बढि प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि भिभोले उच्च स्तरीय क्यामेरा प्रविधि र अन्य विशेषताहरु ल्याएको छ जसले उनीहरुको आवश्यकता र प्राथमिकतालाई पूरा गर्नेछ । भिभो विशेष गरी भी सिरिजमा ब्लगरहरू र भ्लगरहरूमाझ लोकप्रिय छनोट बनेको छ । भिभोको भी सिरिजका स्मार्टफोनहरूमा उच्च रिजोल्युसन फ्रन्ट र रियर क्यामेराहरू र दृश्य पत्ता लगाउने एआई, नाइट मोड र पोट्र्रेट मोड जस्ता उत्कृष्ट फोटोग्राफी विशेषताहरु छन् ।

यसको उत्कृष्ट क्यामेरा टेक्नोलोजी बाहेक, भिभोले ब्लगरहरू र भ्लगरहरूका लागि अन्य बहुमूल्य सुविधाहरू प्रदान गर्दछ । उदाहरणका लागि, भिभोका भी सिरिजका स्मार्टफोनहरूले ठूला डिस्प्लेहरू प्रदान गर्छन् जुन फोटो र भिडियोहरू हेर्न र सम्पादन गर्नका लागि उपयुक्त हुन्छन् । साथै यसमा छिटो चार्ज गर्ने प्रविधिहरु छ जसले प्रयोगकर्ताहरूलाई आफ्ना फोनहरू छिट्टै चार्ज गर्न मद्दत गर्दछ ।

भिभो वाई सिरिजका स्मार्टफोनहरू उच्च स्तरीय प्रदर्शन र सुलभ मूल्यका कारण गेमिङका लागि युवाहरूमाझ पनि लोकप्रिय छन् । वाई सिरिजका स्मार्टफोनहरुमा दु्रत प्रोसेसरहरू, ठूला स्क्रिनहरू, राम्रो ब्याट्री जीवन तथा गेम मोडहरु छन् जसले प्रयोगकर्ताको गेमिङ अनुभव बढाउँछ । यसबाहेक, भिभोले लोकप्रिय गेम विकासकर्ताहरूसँग उनीहरूको गेमहरू भिभो उपकरणहरूका लागि अप्टिमाइज गर्न सहकार्य गरेको छ, जसले गेमरहरू बीच वाई सिरिजको लोकप्रियता बढाउन मद्दत गरेको छ ।

समग्रमा भन्नुपर्दा नवाचार, अत्याधुनिक प्रविधि, र युवा लक्षित रणनीतिहरूमा भिभोले विशेष ध्यान दिएको कारण यसलाई नयाँ र उत्कृष्ट उत्पादनहरू खोज्ने नयाँ पुस्ताका उपभोक्ताहरूमाँझ लोकप्रिय ब्रान्ड बनाउँछ ।

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...