CG Electronics
IME Life
NIMB

तातोपानी नाका बैशाख १८ गतेदेखि नियमित सञ्चालनमा,मानिसको ओहोरदोहार भने अझै नखुल्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चीनसंगको व्यापार तथा आयात निर्यातमा काठमाडौंका लागि लाइफलाइन मानिएको तातोपानी नाकाबाट आगामी बैशाख १८ गतेदेखि निर्यात पनि खुल्ने भएको छ ।

सोमबार नेपाल चीन सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा भएको छलफलमा नाकाबाट निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको छ ।

२०७२ सालमा गएको महाविनाशकारी भूकम्पछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – २ हुँदै चीन जोड्ने उत्तरी नाका लगभग ठप्प थियो । यसबीच सञ्चालनमा आउँदा पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएको यो नाकाबाट अब नेपालले निर्यात गर्न पाउने भएको छ ।

तर लामो समयपछि निर्यात मात्र खुल्दा स्थानीयवासी भने निराश देखिएका छन् । नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याएर मानिसहरुको आवातजावत र व्यापारिक ओहोरदोहार पनि खोलेर नाकालाई पूर्व अवस्थामा ल्याउनु पर्ने माग स्थानीयको छ ।

गत चैत १५ गते तिब्बतको ल्हासामा बसेको बैठकमा नेपालसंग जोडिएका सीमानाका खोल्न चीन सरकार सकारात्मक देखिएको थियो । त्यही बैठकको निरन्तरताका लागि सोमबार बसेको बैठकमा नेपाल र चीनका सरकारी अधिकारीहरुबीच निर्यात खुलाउने सहमति भएको हो ।

 

यस अघि केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएकोले तातोपानी नाका पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्ने स्थानीयको माग छ । यस विषयमा जानकारी लिन खोज्दा नेपाल चीनबीचको सरकारी अधिकारीहरुको छलफलमा सहभागी भएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने विरामी भएकाले बोल्न नसक्ने भन्दै सम्पर्कमा आउन चाहेनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भने बैशाख १८ गतेदेखि नाका पूर्णरुपमा खोल्ने सहमति भएको बताए । तर उनले आफुलाई पूर्ण जानकारी नभएको उनको भनाइ थियो ।

यस्तै सिन्धुपाल्चोक जिल्ला प्रहरी उपरीक्षक बालनरसिंह राणाले बैशाख १८ गतेदेखि नाका पूर्णरुपमा सञ्चालन आउने गरी सहमति भएको जानकारी दिए । उनले कोभिड १९ का कारण अझै पनि केही सतर्कता कायम राखिएको भन्दै दुई देशका अधिकारीबीच अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर सुरक्षा गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता विषयमा पनि छलफल भएको बताए ।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेपछि छलफललाई विषय प्रवेश गराइएको थियो ।

बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहभागी थिए ।

यस्तै चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अधिकारी सहभागी थिए ।

 

 

 

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...