CG Electronics
IME Life
NIMB

विकास निर्माणको फाइल मन्त्रालयमा नभेटिदा भारतीय दूतावासमा भेटियो : सांसद पन्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । सांसद रघु जी पन्तले नेपालको जलश्रोत र सडकका प्रोजेक्ट निर्माण गर्न आवश्यक विस्फोटक पर्दाथसम्बन्धि फाइल भारतीय दूतावासमा भेटिएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले चिनियाँ कम्पनीले टेन्डर हालेर पाएको प्रोजेक्टमा भारतले विस्फोटक पदार्थ नपठाउने गरेको टिप्पणी पनि गरे । उनले जलस्रोत र सडक निर्माण गर्न नेपाललाई २ हजार टन विस्फोटक पदार्थ चाहिने तर त्यो नहुँदा अर्बौ रुपैयाँ नोक्सान भएको बताए ।

उनले भने ‘ मकवानपुरको सुनाचरी फयाक्ट्रीमा विस्फोटक पदार्थ वन्छ । तर पर्याप्त वन्दैन करिव २ हजार टन जलश्रोतका प्रोजेक्ट, सडकका प्रोजेक्ट निर्माण गर्न विस्फोटक पदार्थ चाहिन्छ । त्यो नभएकोले अर्बौं रुपैया नोक्सान भइसक्यो त्यसैले यस्तो अवस्था कहाँ छ के छ र कसरी समस्या समाधान हुँदैछ भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रीले स्पष्ट जानकारी दिनु प¥यो । ’

उनले मुग्लिन नारायनगड सडक खण्डको पुल वनाउन पहरो फुटाउन ६ महिना अगाडि विस्फोटक पदार्थ चाहियो भनेर मागेको फाईल सरकारी निकायमा फेला पर्न नसकेको तीतो यथार्थ पनि सुनाए ।

सांसद पन्तले फाइल न गृह मन्त्रलायमा फेला पर्छ न रक्षा मन्त्रालयमा फेला पर्छ, फाइलको विषयमा रक्षाले गृहलाई देखाउछ र गृहले भौतिक मन्त्रालयलाई देखाउँने गरेको गुनासो पनि गरे ।

अन्तत त्यो फाईल भारतीय दूतावासमा फेला परेको उनको भनाइ छ ।
उनले भने ‘ के हामीले विस्पोटक पदार्थको माग गर्दा फाईल पठाउनु पर्छ ।नेपाल अन्तराष्ट्रिय प्रतिद्वन्द्वीहरुको मैदान वनेको छ । ’

नेपाल एउटा आत्मनिर्भर र स्वतन्त्र देश भएको भन्दै सेनाले आफनो देशलाई चाहिने विस्फोटक पदार्थ उत्पादन गर्न सक्ने अवस्थामा राख्नु पर्ने पनि सांसद पन्तको सुझाव थियो ।

 

 

 

 

 

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...