CG Electronics
IME Life
NIMB

एसीसी प्रिमियर कप : कुशल र सोमपाल चम्किदा नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कुशल मल्ल र सोमपाल कामी चम्किएपछि नेपालले ओमानलाई ३ सय ११ रनेको लक्ष्य पेश गरेको छ । नेपालले एक दिवशीय क्रिकेटमा बनाएको हालसम्मको उच्च स्कोर हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेपछि पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभेर खेलेर ८ विकेटको क्षतिमा ३ सय १० रन बनायो ।

 

जारी प्र्रतियोगिताकै यो पहिलो औपचारिक एक दिवशीय खेल पनि हो । नेपाल र ओमान दुवै एक दिवशीय मान्यता प्राप्त टोली हुन् । नेपालको यसअघि पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुरमा नै तीन महिना अघि सम्पन्न आइसीसी विश्वकप क्रिकेट लिग टुमा पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रनको उच्च स्कोर बनाएको थियो ।

 

शुक्रबार कुशलले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउँदा सोमपाल कामीले अर्धशतकीय योगदान गर्दा नेपालले आफ्नो कमजोर अवस्थालाइ सुधार गरेको थियो । एक पछि अर्को गर्दैं विकेट खसेपछि कमजोर देखिएको नेपालको अवस्थामा कुशल मल्लको विस्फोटक शतकले राहत प्रदान गरेको थियो । शतकीय योगदानमा नेपाली टोलीका लागि राहत प्रदान गर्दै उनी विस्फोटक १ सय ८ रन बनाएर बाहिरिएका थिए ।

 

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक बनाउँदा उनले ५९ बलको सामना गरेर ९ चौका र ९ छक्काको सहयोगमा १ सय १ रन बनाएका थिए । तर कुशल ६४ बल खेलेर १ सय ८ रन बनाउँदै पेभेलियन फर्किएका छन् । पछि उनले थप एक छक्काको सहयोग लिएका थिए । उनी आयन खानको बलमा आकिब इलियास क्याच भएर बाहिरिए ।

 

स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै मल्लले शतक पूरा गरेका थिए । उनी नेपालबाट एक दिवशीय अन्तर्राष्ट्रिय खेल ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका नयाँ कीर्तिमान आफ्नो नाममा कोरेका छन् ।

समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक बनाएका थिए । नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय योगदान गरे । एक दिवशीय खेलमा कामीको यो ऐतिहासिक ५० औं एक दिवशीय खेल हो । सोमपालले ४८ बलको सामना ९ चौकाको सहयोगमा नटआउट ६३ रनको योगदान गरे । करण केसीले १५ बलमा २९ रन बनाएर नटआउट रहे ।

नेपालको सुरुआत खराब रहयो ।नेपालले आफ्ना दुवै ओपनर कुशल भर्तेल र आसिफ सेखलाई शून्यमा गुमायो । तर मध्यक्रमका व्याट्सम्यानहरु भीम सार्कीले कप्तान रोहित पौडेलको साझेदारीमा तेस्रो विकेटका लागि ५४ रनको योगदान गरे । रोहितले २३ रन बनाँउँदा भीमले ३३ र र आरिफ सेखले २९ रनको योगदान गरे ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...