CG Electronics
IME Life
NIMB

बाँसको सामाग्री बुन्ने पहरी समुदायको पुख्र्यौली पेशा शंकटमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

(रिता बोलखे/नेपाल न्यूज बैंक)

काठमाडौं । ललितपुर गोदावरी नगरपालिका–६ बडीखेलका ६० वर्षीय पुर्णबहादुर पहरीलाई पुख्र्यौली पेशा लोप हुने चिन्ताले सताउन थालेको छ । कारण हो, पेशाप्रति नयाँ पुस्ताको कम आकर्षण ।

बाँसका सामाग्री उत्पादन उनको पुख्र्यौली पेशा हो । ८ जनाको परिवार उनले यही पेशाबाट धाने । छोराछोरीको पढाइ खर्च यही पनि पेशाबाट निकाले । १४ वर्षको उमेरदेखि आवद्ध उनी अझै पनि उत्तिकै उर्जाका साथ पेशामा संलग्न छन् । तर, परिवारका नयाँ सदस्य पेशप्रति त्यति चासो दिँदैनन् । त्यसो हुँदा पुख्र्यौैली पेशा नै लोप होलाकी भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।

 

नेपाल न्यूजसँगको सम्वादमा उनी भन्छन््,‘बाउबाजेले यहि काम गर्थे । मैले पनि यही सिँके । अझै पनि यही पेशमा आवद्ध छु । पहिला एउटा उत्पादनको ४० रुपैंया आउँथ्यो । अहिले बढेको छ । पहिले हिडेर उत्पादन बेच्थेँ । भक्तपुर, बनेपा र काठमाडौं डुल्थेँ । तर, अहिले अर्डर घरमै आउँछ । तर, नयाँ पुस्ताले पेशाप्रति खासै चासो दिँदैनन् ।’

 

पेशाप्रति नयाँ पुस्ताको आकर्षण घट्नमा थोरै आम्दानी मुख्य कारण रहेको पुर्णबहादुरको बुझाई छ । हुन त उनी दैनिक ५ वटासम्म नाङ्ग्लो बुन्न सक्छन् । एउटा नाङ्ग्लो २ सय ५० रुपैयाँमा बिक्छ । सबैगरी एक हजार दुई सय ५० रुपैयाँ उनको हातमा पर्छ । तर, बाँस खरिद गर्नु पर्ने हुँदा आधा रकम त्यसैमा सकिन्छ । बाँस नपाउने समस्या अर्कोतर्फ छ ।

 

उनी भन्छन्,‘पेशामा खासै फाइदा छैन । बाँस पाउन पनि निक्कै गाह्रो छ । एउटा बाँस लिन दिनभर हिँडेर सिस्नेरी, वेवर जस्ता ठाउँ पुग्नुपर्छ । फुर्सद लिएर बस्नुभन्दा काम नै गर्नु बेस । त्यही भएर काम छाड्न सकिएको छैन । सिजनको बेला चहीँ केही आम्दानी हुन्छ ।’

 

गोदावरी नपा–४ बडीखेलकै ३८ वर्षीय दुर्गाराज पहरी पनि पेशामा आवद्ध भएको ६ वर्षको उमेरदेखि हो । परिवार धान्न उनलाई यो पेशाले मात्रै पुग्दैन । सँगै उनी अरु व्यवसाय पनि गर्छन् । तर, सिजनका बेला भने उनी यही पेशामा केन्द्रीत हुन्छन् । डोको, नाङ्ग्लो, डालो, ढाकी जस्ता सामाग्री बुन्नमा उनको बिशेष दक्षता छ । तर, नयाँ पुस्ता पेशाप्रति आकर्षित नहुँदा उनलाई पनि खल्लो लाग्ने गरेको छ ।

 

उनी भन्छन्,‘पहिलेबाटै म यो पेशामा आवद्ध छु । परिवार यसैको आम्दानीमा निर्भर छ । सिजनको बेलामा यो काम गर्छु । अरुवेला अन्य काम गर्छु । पहिलको तुलनामा भाउ अलिकति बढेको छ । वजार व्यवस्थापन राम्रो छैन । व्यापारी सामाग्री लिन यहीँ आउँछन् । तर, नयाँ पुस्ताको पेशाप्रति खासै आकर्षण छैन । मैले चहीँ ६ वर्षको उमेरदेखि नै यो काम सिकेँ ।’

 

नयाँ पुस्ता पेशाप्रति आकर्षित नहुुनुमा दुखः धेरै तर, कमाई कम मुख्य कारण रहेको उनको बुझाई छ । बाँस खोज्न टाढाटाढा धाउनु पर्ने पेशा प्रति आकर्षण घुट्नको अर्को कारण हो । फुर्सदले बस्नुभन्दा काम गर्नु बेस भएको हुँदा मात्रै पेशालाई निरन्तरता दिएको उनी बताउँछन् ।
उनी भन्छन्,‘दुखः धेरै छ ।

 

बाँस खोज्नु प¥यो । गाँउमा बाँस पाईँदैन । जिल्ला बाहिरसम्म पुग्नुपर्छ । बाँसबाट धेरै समान बन्छन् । तर, हामीले नाङ्लो, डोको र डालो मात्रै बुन्छौं । नाङ्ग्लो सबैभन्दा विक्रि हुन्छ । वजार व्यवस्थापन राम्रो छैन् । मिहिनेत गरे अनुसारको पैसा आँउदैंन् । खानलाई मात्र ठिक्क हुन्छ । बालबच्चा पढाउन र अन्य खर्च धान्न पुग्दैन । घरमा बस्नुभन्दा केही गर्नु बेस । त्यसो हुँदा त्यसैले कामलाई निरन्तरता दिएको हुँ ।’

 

गोदावरीमा पहरीको घना बस्ती छ । उनीहरु सदियौंदेखि डोको, नाङ्ग्लो, डालो, थुन्छे जस्ता सामाग्री बुन्दै आएका छन् । उनीहरु खेतबारी कम छ । त्यसो हुँदा खेती किसानमा संलग्न पहरी समुदाय निक्कै कम छन् । बाँसको समस्या र बजार व्यवस्थापन राम्रो नभएकै कारण नयाँ पुस्ता पेशाप्रति आकर्षित नभएको गोदावारी नपा–४ बडीखेलकै स्थानीय बहादुर पहरी बताउँछन् ।

 

उनी भन्छन्,‘खेतिकिसान बाहेक यहि पहरीले गर्ने यही पेशा हो । वजार व्यवस्थापन राम्रो छैन् । प्रतिस्पर्धा उत्तिकै छ । बजारमा सहजै जान सक्ने अवस्था छैन । कमाई थोरै छ । यसको कमाईले घरपरिवार पाल्न पुदैन् । त्यसो हुँदा नयाँ पुस्ताले यो पेशालाई त्यति ध्यान दिएको पाइँदैन ।’

 

गाउँमा बाँस पाउन छाडेपछि पहरी समुदायले संरक्षण अभियान चलाए । बाँसको तामा काट्न बन्द गरे । संरक्षणकै लागि गोदावरीका पहरीले तामा नकाटेको वर्षौ भयो । तर, पनि बाँसको उत्पादन आशातित भएन । बाँसको अभावले पेशा नै संकटमा परेपछि संरक्षण अभियान सञ्चालन गरिएको गोदावरीकै स्थानीय लक्ष्मी पहरी बताउँछिन् ।

 

उनी भन्छिन्,‘ गाउँमा बासको अभाव भयो । संरक्षण अभियान चलायौं । बाँसको मुना काट्न बन्द ग¥यौं । मुना नै मासिएपछि बाँस कसरी पाइँन्छ ? छोराछोरी यो पेशा गर्दैनन् । मार्केट पनि पहिलेको जस्तो छैन । बाँसको पनि अभाव छ । अडर आउँछ । त्यही अनुसार काम गर्ने हो ।’

बैदेशिक रोजगारीको मोहले गोदावरीका पहरी बस्तिलाई पनि प्रभावित तुल्याएको छ । पुख्यौैली पेशालाई परिस्कृत गर्नु भन्दा पनि नयाँ पुस्ता बैदेशिक रोजागारमा जान लालायित देखिएका छन् । यसले पनि बासका सामाग्री उत्पादन गर्ने पेशा संकटमा परेको छ ।

 

पछिल्ला दिन गाउँमा डोको, भकारी, थुन्छे, डाली, नाङ्लो बुन्न दक्ष जनशक्ति नै भेटिन छाडेका छन् । गाउँमा शहरबाट आयातित प्लाष्टिकका सामाग्री यत्रतत्र छन् । पहरी समुदायको पुख्र्यौैैली पेशा संकटमा पर्नुको कारण यो पनि हो ।

 

नाङ्लो,डोको,डालो, थुन्से, मान्द्रोसँगै आल्ना, ¥याक जस्ता सामग्रीबिक्री गरीन्छ । बाँसको सर–सामान बनाउने सम्बन्धित अडर आएपछि उनीहरू बाँसको डिपोसम्म खरिद गर्नका लागि जाने गर्छन् । सुकेको बाँसले नाङ्ग्लो बनाउन अप्ठ्यारो हुने हुँदा हरियो बाँस नै खरिद गर्नुपर्ने हुन्छ ।

कसरी बनाईन्छ नाङ्ग्लो

बाँसको चोया चिरेर राखेपछि त्यसलाई घाम हेरेर १÷२ दिन सुकाउनु पर्छ, त्यसपछि त्यसलाई नाङ्ग्लो या ढाकी बनाउन पुनः भिजाउनु पर्छ । बनिसकेको नाङ्ग्लोलाई पुनः सुकाउनु पर्छ । त्यसपछि नाङ्ग्लोमा बिट हाल्न फेरी भिजाउनु पर्छ । र पुनः सुकाउनु पर्छ । मुख्यतः एउटा नाङ्ग्लो प्रक्रिया पु¥याएर बनाउन २ दिन जति लाग्छ, बुन्न अप्ठ्यारो नाङ्ग्लोलाई बेला–बेला भिजाउँदै तयार गर्नु पर्छ । फरक–फरक काम फरक फरक व्यक्तिले सम्हालेर बनाए भने अलिक चाडै बन्छ । एउटा बाँसबाट १० वटा जति नाङ्ग्लो र बिट बनाउन सकिन्छ ।
१ वटा बाँसको ३०० देखि ३५० सम्म पर्छ भने उक्त बाँसबाट ४ वटा सम्म सामान बन्छ । १ वटा नाङ्लोको १५० देखि २०० सम्म पर्छ

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...