CG Electronics
IME Life
NIMB

समस्यामा सुमेरु सेभिङ : सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो ।

सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको छ ।

पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन् ।

सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौं लोनमा रहेको बुझिएको छ ।

हेमराज दहाल नेतृत्वको नयाँ सञ्चालक समितिले हिस्पटल, जग्गा जमिन, कलेज रामै्रसँग चलेको बताएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ ।

सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा नयाँ समितिका सदस्यहरु अगाडी नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सहकारीको सिइओले बोल्न नदिने गरेका स्रोतले बतायो ।

सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ कुन निकायमा जाने अन्यौलमा छन् । स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा लगाएर उतै कुद्न थालेको हल्ला चल्न थालेको छ ।

उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु गु्रपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले नै बताउन थालेका छन् ।

सुमेरु हस्पिटल, कलेज पनि बैकले लिलाम गर्ने अवस्थामा पुगेको पाइएको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्ने खतरा बढेको स्रोतले बतायो । अहिले सो सहकारीका केन्द्रिय कार्यालय सहित ४ वटै शाखा बन्द अवस्थामा छन् ।

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...