सेयर बजारमा झिनो अंकको वृद्धि

Monday Apr 24, 2023
वि.सं.२०८० वैशाख ११ सोमवार २०:४४

काठमाडौं । सेयरबजारमा झिनो अंकको वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.७१ अंकले बढेको हो ।
सोमबार सूचक १८९१ विन्दु छोए पनि त्योभन्दा घटेर १८८८.३२ अंकमा कायम भएको नेप्सेले जनाएको छ ।
योसँगै सोमबार १२० कम्पनीको सेयर मूल्य बढेको छ । ८५ वटाको सेयर घट्दा १५ वटाको मूल्य स्थिर छ ।
२७ खर्बको कुल बजार पुँजीकरण हुँदा ९ खर्बको मात्र तरलता देखिएको छ। सोमबार सबैभन्दा बढी पिपल्स पावर लिमिटेडका लगानीकर्ताले ८.११ प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी हो ।
यता निरन्तर बढ्दै आएको कालिञ्चोक दर्शनको सेयर ९.६२ प्रतिशतले घट्दा लगानीकर्ताले ८५.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ। तर आजपनि कालिञ्चोकले नै सर्वाधिक ८ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।