CG Electronics
IME Life
NIMB

मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्री कैलाशचन्द्र गोयलको सभापतित्वमा महायज्ञको शुभारम्भ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि परम् पूज्य अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर जी महाराजको सान्निध्यमा तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ

फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरता स्वरूप परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा आज बैशाख १० गते अक्षय तृतीयाका दिन सम्माननीय उपराष्ट्रपति श्री रामसहामारवाडी सेवा समिति नेपालका अध्यक्ष श्री कैलाशचन्द्र गोयलज्यूको सभापतित्वमा भएको समुदघाटन कार्यक्रममाय प्रसाद यादवज्यूूको प्रमुख आतिथ्यतामा तथा माननीय उपप्रधान एवं गृह मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूको विशिष्ट आतिथ्यता र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ ।

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्री कैलाशचन्द्र गोयलज्यूको सभापतित्वमा भएको समुदघाटन कार्यक्रममा अध्यक्षज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने, कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालिस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने, १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने र महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताउनु हुँदै परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किरातीज्यूको उपस्थितिमा मिति २०७९ साल फाल्गुण महिनाको २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन श्री दुर्गासप्तशती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराउनु भयो ।

सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीज्यूले यज्ञको विशेषता बारे प्रकाश पार्नु भएको थियो ।
नेपाल नेपालीप्रति अगाध माया गर्नु हुने सुशिल कोईराला श्रीप्रखर क्यान्सर अस्पतालका निर्माता परम पूज्य स्वामी श्रीप्रखरजी महाराजज्यूले आर्शिवचन प्रदान गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूू, विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृह मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यू र विशेष अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूले सम्बोधन गर्दै मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजना भएको श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको प्रशंसा गर्नु भई देशको आर्थिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञको पूर्ण सफलताको लागि शुभकामना दिनु भयो ।

कार्यक्रममा उपस्थित महानुभावहरु एवं यस महायज्ञ आयोजनाको लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका महासचिव श्री प्रमोद कुमार अग्रवालज्यूले धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन गौशाला धर्मशालाका उपाध्यक्ष एवं महायज्ञ आयोजक समितिका सदस्य श्री रमेश तापडियाज्यूले गर्नु भएको थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...