तराई मधेस फाष्ट ट्रयाक जग्गा प्राप्ति टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय
Tuesday Apr 25, 2023
वि.सं.२०८० वैशाख १२ मंगलवार २०:१८
काठमाडौं । सरकारले काठमाडौं तराई मधेस फाष्ट ट्रयाक अन्र्तगत जग्गा प्राप्तिको विषयमा चाँडै टुङ्ग्याउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा प्राप्तिको विषय अध्ययन समितिको सुझावको आधारमा चाँडै टुङ्ग्याउने निर्णय गरेको यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
त्यस्तै आजको बैठकले, सशस्त्रको नियमावली संशोधन, कित्ताकाटको विषय समितिमा पठाउने लगायतका निर्णय गरेको उनले जानकारी दिए ।
बैठकपछि उनले भने ‘काठमाडौं तराई मधेस फाष्ट ट्रयाकको सन्र्दभमा जग्गा प्राप्तिको विषयलाई टुङ्ग्याउने भन्ने निर्णय भएको छ ।’ उनले भने ‘गृह मन्त्रालयसंग सम्बन्धित गृह मन्त्रालय अन्र्तगत सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ त्यस्तै गरी कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ ।
त्यसै गरी जग्गा कित्ताकाटको विषय छ त्यो विषयलाई चै अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’
























