CG Electronics
IME Life
NIMB

लाइसेन्स नवीकरण १० वर्षमा : भौतिकमन्त्री ज्वालाको भनाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालक अनुमति पत्र लाइसेन्स नविकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले, हरेक ५÷५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

‘स्मार्ट लाइसेन्स ५÷५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारी छ ।’ उनले भने ‘ खर्च र लामो लाइन लाग्नु पर्ने बाध्यता हटाउन पनि अब हरेक ५÷५ वर्षमा नविकरण गर्नुपर्ने वाध्यता हटाउन लागिएको हो ।’
स्मार्ट लाइसेन्स वितरण सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका उनले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए ।
स्मार्ट लाइसेन्स कुुरेर बसेकाहरुको समस्या ७ महिनाभित्र अन्त्य गर्ने योजना उनले सुनाए ।

मन्त्री ज्वालाले संघ, प्रदेश र स्थानीय तहले बनाउने गरी कानूनी रूपमै सडक वर्गीकरण गरिने जानकारी दिदैँ एकजना वरिष्ठ सहसचिवको नेतृत्वमा अध्ययन समिति समेत गठन गरिएको बताए ।

काठमाडौंका खाल्डा देख्दा मन्त्रालयलाई गाली नगर्नुहोस् — सचिव शर्मा
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशव कुमार शर्माले, काठमाडौं लगायतका शहरी क्षेत्रको सडकमा खाल्डो देखिने साथ मन्त्रालयलाई गाली गर्ने गरिएको गुनासो गरे ।

विद्युत प्राधिकरण र खानेपानी मन्त्रालयको कामका कारण शहरी क्षेत्रमा सडक खाल्डो पर्ने समस्या हुने तर गाली भने मन्त्रालयले खानु परेको उनको भनाई छ ।

त्यस्तै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न मन्त्रालय तयार रहेको समेत बताए । उनले भने ‘सकभर अहिले कामको जिम्मा पाएकै कम्पनीलाई काम सम्पन्न गर्न प्रेरित गर्छौ तर सुध्रिएर काम गरेनन् भने कालो सूचिमा राख्ने काम भइरहेको छ ।’

बजेट अभावका कारण समयमै काम सम्पन्न गर्न कठिन भएको भन्दै उनले असारमा काम गर्ने प्रवृतिको बचाउ गरे । नेपालका विभिन्न प्रवृतीका कारण यो सुधार हुन नसकेको उनको भनाई छ । त्यसमध्ये सरकारको भुक्तानी प्रणालीमै समेत समस्या रहेको उनले बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...