CG Electronics
IME Life
NIMB

निक्षेप तथा कर्जा सुरक्षण कोषले ४९ वर्षपछि बुलेटिन प्रकाशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिसम्ममा सम्पन्न मुख्य क्रियाकलाप तथा गतिविधीहरुलाई समेटेर बुलेटिन प्रकाशनमा ल्याएको छ ।

कोषका काम, कारोबारसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी पारदर्शी रुपमा सम्बद्ध सरोकारवालाहरु समक्ष प्रवाह गर्ने एवं भविष्यका लागि अभिलेखित गर्ने उद्देश्यले कोष स्थापनाको ४९ वर्ष पछि बुलेटीन प्रकाशनको शुरुवात भएको कोषले जनाएको छ ।

कोषका संचालक समितिका अध्यक्ष डा। राम प्रसाद घिमिरे, संचालकद्धय हुम बहादुर केसी र थान प्रसाद पंज्ञानी र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोष परिसरमा आज आयोजित एक कार्यक्रमबीच उक्त बुलेटिनको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा। घिमिरेले कोषले थालनी गरेको कामको प्रसंशा गर्दै अर्ध बार्षिक रुपमा प्रकाशन गर्ने भनिएको बुलेटीनलाई संभव भएसम्म चौमासिक रुपमा प्रकाशन गर्न सकिने सुझाव दिए । उनले संस्था सबल हुन कर्मचारीहरुमा उच्च मनोवलका साथै प्रतिस्पर्धी क्षमता हुनुपर्ने धारणा व्यक्त गर्दै सोही अनुरुप क्रियाशील हुन कर्मचारीहरुलाई अभिप्रेरित गरे ।

कार्यक्रममा कोषका विभागीय प्रमुख तथा कर्मचारीहरु, मिडियाका प्रतिनिधी, बैंकर्स लगायतको उपस्थिति थियो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...