CG Electronics
IME Life
NIMB

मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank

 

विराटनगर । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ ।

अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो ।

कति कसिकसाउ गर्नुपर्ने पथ्र्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो’ मन्त्री डा। महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । व्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन । मौद्रिक नीतिमाफृत् बजारमा पूँजी प्रवाह गर्न जरुरी छ । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा। महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ । हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ । सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन’ उनले भने, साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ । वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेको छैन ।

त्यसले गर्दा पूँजीगत खर्चमा समस्या आएको हो । अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ । वर्षको अन्तिम त्रयमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्परा छ, यसरी हुँदैन । पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौं ।’

उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन । समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु ।’

‘यो एउटा गाडी कुदेजस्तै हो, गाडीमा, स्टेरिङ राम्रो भएर मात्र पुग्दैन, पाङग्रा वा अन्य सामाग्री मात्र राम्रो भएर पुग्दैन, यसमा सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा ग¥यो भने मात्र गाडी गन्तव्यमा पुग्न सक्छ, मन्त्री डा। महतले भने, ‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ । एउटै लक्ष्य छ, सबैको आ–आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौं ।’

मन्त्री डा। महतले भने, ‘राज्य संयन्त्रमा समस्याहरु छन्, यी समस्यालाई सम्बोधन गर्न र छन् भनेर स्वीकार गर्न मलाई कुनै हिचकिचावट छैन । यी समस्यालाई हटाउने सुरुवात गर्न जरुरी छ । ०४६ सालको परिवर्तनपछि देशमा धेरै कुरा भएको छ । अहिले सामाजिक सञ्जालको समय छ, संसार सबैको हात–हातमै छ । हामी कुन आधारबाट अघि बढ्यौं, त्यो सुन्ने धर्यता कसैलाई पनि छैन । अरु देशमा यो भइसक्यो, नेपालमा किन नभएको भन्ने चासो सबैलाई छ, हामी कहाँबाट आयौं, त्यो कसैलाई चासो छैन । त्यो अनुसारको परिणाम हामीलाई नेपालको राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न गरिरहेका छन् ।’

‘यो चुनौति पार गर्नका लागि हामी संयम भएर काम सुरुवात गर्नैपर्छ । हामीसँग यी समस्या छ, यति साधन छ, यी साधनश्रोतबाट हामी यी काम गर्दैछौं’ मन्त्री डा। महतले भने, ‘कामप्रति हामी जति गम्भीर हुनुपर्ने हो, त्यति नभएका छैनौं । अब हामी कुरा कम र काम ज्यादा गर्नुपर्छ । निजी क्षेत्रले आफ्नो समस्याको जगमा पुगेर बुँदागत रुपमा कारण र नतिजा उल्लेख गर्नुस्, अब यी कुरा हटाउनुपर्छ भन्ने सुझाव सल्लाह दिनुहोस ।

‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो– विराटनगर । प्रतिनिधिमुलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री डा। महतले भने, ‘प्रत्यक्ष रुपमा सल्लाह सुझाव राख्न नसक्ने साथीहरुका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ ।’

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...