CG Electronics
IME Life
Ncell NPL

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच विभिन्न डिजिटल च्यानल सम्बन्धि सेवा संचालनको सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।

 

ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्भिक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आईरहेको छ । एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकवर्ग लाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्नेछ ।

 

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०४

  काठमाडौं, नेपाल – २३ अप्रिल २०२६ –रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको...