CG Electronics
IME Life
Ncell NPL

वर्तमान युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्ने : अर्थमन्त्री डा. महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले दीगो विकासको लक्ष्य हाँसिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिहरूलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताउनु भएको छ । उहाँले देशमा लगानी योग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको बताउनुभयो ।

लगानी बोर्ड नेपालको आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो मासिक रेमिटेन्स प्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १० दशमलव ९ अर्ब डलर रहेकोमा उक्त रकमबाट ९ महिना भन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात गर्न पर्याप्त छ ।

उहाँले भन्नुभयो– ‘हामी डब्लुटीओ का सदस्य हौं । हामीले तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएका छौं । हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ।’

‘हामीले नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न सकेका छौं या छैनौ भन्ने मेरो पहिलो चासो हो’ मन्त्री डा। महतले भन्नुभयो, ‘नेपालले इतिहासमा न त ऋण चुक्ता गर्न असफल भएको छ, न त कुनै अन्तर्राष्ट्रिय कम्पनीलाई नाफा फिर्ता गर्ने सुविधाबाट वञ्चित गरेको छ । हाम्रो ऋण तिर्ने क्षमता इतिहासदेखिनै अत्यन्तै सकारात्मक छ । हामीले यसलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा उजागर गर्न आवश्यक छ।’

हाम्रो ऋण र कुल ग्रायस्थ उत्पादन ९जिडिपी० अनुपात दिगो रहने गरी काम गर्छौ । सहज स्थितिमा बाह्य ऋण दायित्वले नेपाललाई कुनै तनावको स्थिति थिएन, मन्त्री डा। महतले भन्नुभयो, ‘नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसांख्यकीय लाभांश भएको युवा जनसङ्ख्या र कोभिडपछि हामीले देखेको डिजिटल परिवर्तन हो । नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसांख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ। हामीसँग अझै पनि पर्याप्त युवा जनसङ्ख्या हुनेछ जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ।

‘हामीसँग भएका स्रोतसाधनको अधिकतम उपयोग गर्नु हाम्रो चुनौती हो। अहिले हामीले यो शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न सकेका छैनौं’ मन्त्री डा। महतले भने, ‘हामीसँग ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदारहरू छन्, यसले कुनै न कुनै रूपमा रेमिट्यान्सको रूपमा हाम्रो अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि पर्याप्त रूपमा प्रयोग गर्न सकेका छैनौं ।’

मन्त्री डा। महतले भन्नुभयो, ‘नवीकरणीय ऊर्जासहित दिगो वित्तको लागि हाम्रो अपार सम्भावना विश्वको लागि उदाहरण हो।’ हामीले देशको पूर्वाधार आवश्यकताहरू पूरा गर्न र दिगो र निरन्तर आर्थिक वृद्धि लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय कोष कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल सुझावहरूको स्वागत गर्नेछौं ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...