CG Electronics
IME Life
Ncell NPL

बैंकका खर्बौंको कर्जा सीमित व्यक्तिले उपयोग गरे  : प्रधानमन्त्री प्रचण्ड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जाको अनुपातमा उत्पादन वृद्धि नभएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनर्उत्थानको लयमा आएका नयाँ चुनौति र अप्ठेरोहरुलाई समाधान गर्न चालिएका कदमहरुको साइड इफेक्ट देखिएको बताए । बैंकिङ क्षेत्रमा कर्जा लगानीमा भएको बृद्धिले देशको आर्थिक गतिविधि बढाउन मद्दत पुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन रोजगारीमा परेको प्रभाव भने अत्यन्तै न्यून देखिन्छ । सीमित व्यक्ति तथा समुहले बैंकिङ क्षेत्रको ठूलो मात्रामा स्रोत साधनको उपयोग गर्ने र उक्त स्रोत साधन प्रत्यक्ष अप्रत्यक्ष अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रयोग हुने जस्ता समस्या पनि यस बीचमा राम्रैसँग देखिएका छन् ।’

युक्रेन युद्ध नै नेपालको अर्थतन्त्र बिग्रनुको कारण बनेको बताए । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारी वित्तीय नीति र मौद्रिक नीतिका बीचमा तालमेल मिलाउन र सहकार्य गरेर अघि बढ्न प्रयासरत रहेको बताए । उनले देशको अर्थतन्त्रमा सुधार आउदै गरेको बताउँदै सरकार योजना, नीति र कार्यक्रमहरु पुनरावलोकन गरेर सरकार अघि बढ्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, मैले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत छु । गभर्नरज्युसँग पटक पटक छलफल भईरहेको छ। प्रधानमन्त्री प्रचण्डले मौद्रिक र वित्तिय नीतिका रूपमा राम्रो सुधार भएको बताउँदै रसिया युक्रेन युद्दले आर्थिक सुधारको योजनालाई थप चुनौति थपेको बताए ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...