सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने
Monday May 29, 2023
वि.सं.२०८० जेठ १५ सोमवार २२:०३
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै कोषको रकम उत्पादन तथा पूर्वाधार क्षेत्रका लगानी गर्न लागिएको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
संसदमा बजेट प्रस्तुत गर्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताए ।
मन्त्री महतले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने बताए ।






















