CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता पहलसम्बन्धी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ।

बैंकले आमजनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

राजधानीको होटल याक एन्ड यतीमा सोमबार आयोजित एक औपचारिक कार्यक्रमबीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं निजी तथा प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुंगानाले हस्ताक्षर गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा प्याब्सनको सहकार्यमा सञ्चालन हुने वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकका तर्फबाट सहयोग प्रदान गर्ने बताए। उनले पछिल्लो समयमा ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूलठूला वित्तीय अपराधहरु भइरहेकोले विद्यालयस्तरमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीमात्र नभएर तिनका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष एंव गैरआवासीय संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारी समावेश गर्न सकेको खण्डमा अझ उपयुक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए। उनले सैद्धान्तिकभन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको औँल्याए।

सोही कार्यक्रममा प्याब्सनका अध्यक्ष डीके ढुंगानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेन्डरमा समेत बैंकिङ शिक्षालगायतका विषयलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याब्सनबीचको सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउँसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भूमिका खेल्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्यावसनसँग सहकार्य गरेको जानकारी गराउँदै उक्त सम्झौताका माध्यमबाट बैंक अझ बृहत रुपमा आमजनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्याब्सनसँग सम्बद्ध व्यक्ति तथा बैंकका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले स्वागत मन्तव्य राखेका थिए।

उक्त सम्झौतापश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आवद्ध शैक्षिक संस्थालाई समन्वय र सहजीकरण गर्नेछ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...