IME Life
NIMB

सूर्तिजन्य वस्तुमा लगाएको करबाट उठेको मोटो रकम सरकारले खर्च गर्यो : स्वास्थ्य मन्त्री बस्नेत

NIMB
Himalayan Bank

 

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले सूर्तिजन्य वस्तुमा लगाएको करबाट उठेको मोटो रकम खर्च गरेको आरोप लगाएका छन् ।

बिहीवार आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला गोष्ठीमा स्वास्थ्य मन्त्री बस्नेतले सरकारले मन्त्रालयलाई आवश्यक बजेट दिनुपर्नेमा घटाएर दिएको तथा सुर्तिजन्य बस्तुमा लगाएको करबाट उठेको मोटो रकम समेत सरकारले खर्च गरेर आफ्नो मन्त्रालयलाई थोरै दिएको भन्दै गुनासो पोखे । यही कारण पनि स्वास्थ्य मन्त्रालयमा विकृति र विसंगति व्याप्त रहेको उनको ठम्याई छ ।

‘अहिले सुर्तिजन्य पदार्थको नाममा ६ अरब पैसा उठिरहेको छ । ४० करोड भन्दा स्वास्थ्य मन्त्रालयलाई दिएको छैन् । यस्ता विकृति र विसंगति छन् । तर,त्यसको लागि लड्दििने लिडरसिप स्वास्थ्य मन्त्रालयमा नभएको कारणले यो दशा भोग्न परेको हो ।’

उनले नागरिकलाई राज्यले संविधानतह सुनिश्चित गरेको स्वास्थ्य उपचार सरकारले गराउने व्यवस्था कार्यान्वयन गराउनुको साटो कागजमै सीमित रहेको प्रति असन्तुष्टि पोख्दै मन्त्रालयसंग आपतकालीन अवस्थामा नागरिकको उपचार गर्न आवश्यक फन्डको व्यवस्था मन्त्रालय लागेको बताए ।

‘आकस्मिक अवस्थामा उपचार गराउन सहयोग गर्ने मन्त्रालयसंग एक पैसाको फन्ड छैन । यो वर्षबाट त्यो फन्डको व्यवस्था गर्ने हिसावले प्रस्ताव स्वीकृति गराएका छौं । अब केही गर्न सक्छौं ।’

त्यस्तै उनले सरकारले मेडिकल कलेज तथा अस्पतालहरुमा विपन्न नागरिकको लागि आवश्यक औषधोपचारको लागि १० प्रतिशत शैया छुट्याउन गरेको व्यवस्था कार्यान्वयनमा नल्याएको र २२ वर्ष पहिलाको कर्मचारीको अवस्था भन्दा पनि कटौती गरिएको प्रति असन्तुष्टि पोखे ।

न्युन स्रोत साधनकै अधिकतम प्रयोग गरेर संविधान प्रदत्त व्यवस्थाको कार्यान्वयन गराएरै छोड्ने प्रतिवद्धता गर्दैै सबैको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो ।

स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य प्राकृतिक विपतका बेला आवश्यक पर्ने औषधि उपचारका लागि स्रोत साधनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

उनले विपदको बेला तत्काल उपचारको लागि आपतकालीन सेवा दिन आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न गोष्ठीले समस्या पहिचान देखि समाधान सम्मको सहयोग पुग्नमा अपेक्षा राख्दै मावनीय हिसावले सबैखाले विपत्तिमा सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरे ।

‘यो कार्यशाला गोष्ठीले समस्या पहिचान,त्यसलाई सम्बोधन गर्ने तरिकादेखि त्यसलाई सम्बोधन गर्ने खाले स्रोत साधनका लागि सबै संगठित भएर संगठनको कार्यकर्ताको रुपमा नभएर मानवीय हिसावले लाग्न आवश्यक भूमिका निभाओस् ।’ बस्नेतले भने ।

त्यस्तै उनले प्राकृतिक विपत्तिदेखि सबै खाले विपत्तिको समयमा काम गरेका सबैको प्रतिवेदन अध्ययन गरेर राम्रा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने समेत बताए ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...