CG Electronics
IME Life
NIMB

एक्सेल डेभलपमेन्ट बैंककाे उन्नाइसौँ वर्षमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १८ बर्ष पुरा गरी २०८० साउन गतेबाट १९ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभेच्छुक व्यक्तिहरु, संघ संस्थाका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन
गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको थियो बैंकले जनाएको छ ।

त्यस्तै, साउन ६ गते वार्षिक उत्सवका दिन विहान ७.३० बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा विर्ता पार्टी प्यालेस, लक्ष्मण मार्केट, विर्तामोड, झापामा आयोजना गरिएको थियो । प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

उदयपुरको रामपुरमा केहिदिन भित्रमा नयाँ शाखा संचालनमा आउनेछ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ । सञ्चालक अमितकुमार अग्रवालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई रहेको सो कार्यक्रममा बैंकका पुर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध संचालक खगेन्द्रनाथ ढुंगानालाई सम्मान गरिएको थियो । बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले संचालन गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्य सहित बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए ।

बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, पूर्व प्रबन्ध सञ्चालक खगेन्द्र ढुंगाना, पूर्व अध्यक्ष हेमराज ढकाल, बिर्तामोड न.पा.का नगर प्रमुख पवित्रा महतारा प्रसाईं लगायतले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए ।

साथै, वार्षिकोत्सवको अवसरमा बैंकले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरण मैत्री उद्योग लगायत विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन गर्नको लागि इडिबिएल ग्रिन लोनको शुरुवात गरेको छ । यसको ब्याजदर आधारदरमा एक प्रतिशत थप प्रिमियम दरमात्र थप हुने गरी लागू गरिएको बैंकले जनाएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...