जिडब्लुएमका गाडी किन्दा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने सम्झौता
Wednesday Jul 26, 2023
वि.सं.२०८० साउन १० बुधवार १५:५७
काठमाडौं । भिजि ईम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय ९फाइनान्सिङ० सम्झौता भएको छ ।
भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउका लागि सम्झौता गरेको हो ।
उक्त सम्झौतामा आज भिजि ईम्पेक्स, जि।डब्लु। एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जिडब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।
जि।डब्लु।एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।
एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०।८० प्रतिशत ८ रहने कम्पनीले जानकारी दिएको छ ।
जि।डब्लु।एमका इलेक्ट्रिक गाडी इलेक्टीकको लागि ब्याजदर मात्र बिआर८ं २।०० प्रतिशत ९११।३० प्रतिशतको प्रभावकारी ब्याज० दर रहनेछ । जि।डब्लु।एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बिआर८ं २।५० प्रतिशत ९११।८० प्रतिशतको प्रभावकारी ब्याज दर० रहनेछ ।
जि।डब्लु।एमका इलेक्ट्रिक गाडी इनेक्टिककोे लोन–टु–भ्यालु ९लोन–टु–भ्यालुरबैंक फाइनान्स० मा ५० प्रतिशत सम्मको लगानीमा ब्याजदरमा थप ०।५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०।५० प्रतिशत निर्धारित गरिएको छ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

























