CG Electronics
IME Life
NIMB

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे ३ अर्ब

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ ।

गत वर्षको असारसम्ममा बैंकको खुद नाफा ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ आर्जन् गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत बढेर ५ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ४८.२७ प्रतिशत बढेर ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ र सञ्चालन नाफा ५५.७९ प्रतिशत बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ, निक्षेप २५.३७ प्रतिशत बढेर १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ र कर्जा लगानी १.६९ प्रतिशत बढेर ७७ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १३.४६ रुपैयाँ बढेर ३७.३९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३.९८ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...