CG Electronics
IME Life
NIMB

सुन प्रकरणमा बोल्नेको मुख बन्द गराउन सांसद शर्मालाई पक्राउ गरिएको एमाले अध्यक्ष ओलीको आरोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एमाले अध्यक्ष, केपी शर्मा ओलीले, सुन प्रकरणमा आवाज उठाएकैले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा नेपाली कलासाहित्प डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष — परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सुन प्रकरणमा सबैको मुख बन्द गराउन कै लागि सुनिल शर्मालाई हत्कडी लगाइएको आरोप लगाएका हुन् ।
उनले भने ‘सुनिल शर्मा ।

फेक सर्टिफिकेट हो भने यो दुईमा बनाएको हो नक्कली सर्टफिकेट ? यही दुईदिनमा सरकारको आलोचना गरेपछि अर्थमन्त्री र गृहमन्त्रीको राजिनामा गर भनेपछि। यसमा कमजोरी देखियो भनेपछि । दुुईदिन बोल्ने वित्तिकै हत्कडी । सुनिल शर्मा भागि हाल्छ त छानविन गरे भयो नि त । पहिल्यै हत्कडी । एउटा पत्र एउटा कारिन्दाले पठायो । अर्को ठाउँको कारिन्दाले हत्कडी लगायो । भने सबको मुख बन्द गर्ने । सबको मुख बन्द ।’

उनले एमालले यही सरकारको पालामा बाईस पटक पास भएको सुन तेइसौं पटकमा समातिएपछि गम्भीर छानविनको मागगर्दा सरकारले त्यसविरुद्ध बोल्नेलाई समेत तारो बनाएको आरोप लगाए । ‘जसको बाईसपल्ट पास भई सक्यो । अनि पास गर्नेले नै छानबिन गरेर अनि ढाकछोप गरेर हुदैन यो गहिराई सम्म पुगौं जरा सम्म पुगौं यसले अन्तराष्ट्रिय सम्बन्ध विगार्ने भईसक्यो हाम्रो ।

भारत एकदमै गम्भीर ढंगले प्रश्न गरिराख्या छ । हाम्रो अर्थतन्त्रमा गम्भीर असर पर्यो । हाम्रो यस्तो ल्याप्सेस के भइराख्या छ त । अनि गर्ने गराउने आँफै अनुसन्धान गर्ने आँफै ? ’

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...