CG Electronics
IME Life
NIMB

जी मोटर्सले नेपाल ल्यायो स्काइवेलको प्रिमियम विद्युतीय नयाँ ब्रान्ड ‘एसयूभी ईटी –५’

NIMB
Himalayan Bank

 

 

काठमाडौं । चिनियाँ विद्युतीय सवारी नयाँ ब्रान्ड स्काइवेलको ‘एसयूभी ईटी –५’ नेपाल भित्रिएको छ ।

जी मोटर्स प्रा। लि। ले आधिकारिक बिक्रेताका रूपमा, ‘स्काइवेल’ प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ईटी ५ ल्याएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ लाई एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर बढी कुदाउन सकिने उनको दाबी छ । गाडिको मूल्य १ करोड ९ लाख तोकिएको छ ।

गेलालले भने, ‘जि मोटर्सको सिस्टर कम्पनी जुन भक्तपुर र इटहरीको लागि एक्सक्लुसिभ डिलरहरु हुने छ जि ईभी नेपाल जि मोटर्स आयातकर्ताको रुपमा रहने छ । ग्राहकहरुको लागि १ करोड ९ लाख मूल्य अफर गरेका छौ ।

प्रोडक्टको क्यालिटि, विशेषता हेर्ने हो भने अनविटएवल हुने छ । अहिले नेपाली बजारमा उपलब्ध विद्युतिय सवारीमा हामीले पाइरहेका किलोमिटर रेञ्ज बढीमा ५०० छ । हामी एकैचोटी ६०० माथि गैरहेका छौ ।

यो प्राइज अन्य प्रतिस्पर्धी प्राइज भन्दा स्पेसल प्राइजको रुपमा छ र यो एमआरपी हो । हामी नाडामा बुकिङ गर्ने ग्राहकका लागि अझ एक्सक्युसिभ प्राइज अफर गर्ने छौं ।’

 

गेलालले काठमाडौंको नक्साल,भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा रहेको आफ्नै तीनओटा स्वरुमबाट सेवा प्रदान गर्ने जानकारी दिए ।

उनले भने, ‘हाल तीन स्थानमा नयाँ डिलरको व्यवस्था गरिसकेका छौ । विराटनगर,नारायणघाट र ललितपुरमा डिलर नियुक्ति गरेका छौ । र आजबाटै हामीले औपचारिक रुपमा यो गाडिको बुकिङ ओपन गरेका छौ ।’

उनले देशका प्रमुख सहर विर्तामोड, जनकपुर, नेपालगञ्ज, भैरहवा, पोखरा,वुटवल र सुर्खेतमा समेत नयाँ डिलरको नियुक्ति प्रकृया चाँडै सुरु गर्ने बताए ।

 

स्काइवेल ईटी ५ मा ८५।९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।

यी विशेषताले यो विद्युतीय स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने छ ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ ।

 

 

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...